सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

६ गोलको थ्रिलरमा सिटी रोकियो

सोमबार, १८ मङ्सिर २०८०, ०६ : २५
सोमबार, १८ मङ्सिर २०८०

इतिहाद । टोटनह्याम हटस्पर्सका मिडफिल्डर डेजान कुलुसेभस्कीले खेलको अन्तिम मिनेटमा गोल गरेपछि साबिक विजेता म्यानचेस्टर सिटी बराबरी खेल्न बाध्य भएको छ । आइतबार राति भएको खेलमा सिटी र स्पर्सले ३–३ गोलको बराबरी खेलेका हुन् ।

खेलको छैटौँ मिनेटमा सन ह्युङ मिनले गोल गर्दै स्पर्सलाई अग्रता दिलाएका थिए । तर तीन मिनेटपछि उनले नै आत्मघाती गोल गरेपछि सिटी खेलमा फर्कियो । ३१ औँ मिनेटमा फिल फोडेनले जुलियन अल्भारेजको पासमा सिटीलाई अग्रता दिलाए ।

दोस्रो हाफको ६९ औँ मिनेटमा जियोभानी लो सिलेसोले स्पर्सका लागि बराबरी गोल फर्काए । ८१ औँ मिनेटमा ज्याक ग्रिलिसले पुनः सिटीलाई अग्रता दिलाएपछि टोली खेल जित्नेमा ढुक्क बनेको थियो । तर, ९० औँ मिनेटमा कुलुसेभस्कीले गोल गर्दै सिटीको सपना चकनापुर बनाए ।

बराबरीमा रोकिएपछि सिटी प्रिमियर लिगमा तेस्रो स्थानमा खस्किएको छ । १४ खेलबाट टोलीको ३० अङ्क रहेको छ । टोटनह्याम भने समान खेलबाट २७ अङ्क बटुल्दै पाँचौँ स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप