सुदूरपश्चिम, लुम्बिनी र कर्णालीको पहाडी भेगमा हिमपातसँगै वर्षा
सोमबार, १८ मङ्सिर २०८०, ११ : १३

काठमाडौँ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भेगमा वर्षासँगै हिमपात भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हुम्ला र जुम्लामा हिमपात भएको छ भने सुर्खेत दैलेख लगायतका जिल्लामा सामान्य वर्षा भएको छ ।
‘कर्णाली र लुम्बिनीका पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ, सुदूरपश्चिम र कर्णालीको उच्च भेगमा हल्का हिमपात पनि भइरहेको छ’, मौसमविद् प्रतिभा मानन्धरले रातोपाटीसँग भनिन्, ‘गण्डकी प्रदेमा पनि हिमपात हल्का हिमपात भएको छ ।’ उनका अनुसार कोशी र मधेस प्रदेशबाहेक अन्य प्रदेशका जिल्लामा बादल लागेको छ ।
अपराह्नपछि मौसम सुधार भएर जाने विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्तिशाली सरकारलाई फेसबुक र एक्सले टेरेनन्ः चार वटा मात्रै सूचीकृत
-
लुम्बिनी प्रदेशको बजेट कार्यान्वयनको अवस्था, अवरोध र समाधान
-
लुम्बिनी सरकार बर्सेनि बजेटको आकार घटाउने दबाबमा
-
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
-
अरु प्रदेशको तुलनामा लुम्बिनीमा बजेट कार्यान्वयनको अवस्था सन्तोषजनक : अर्थमन्त्री कार्की
-
अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध : प्रधानमन्त्री