गाजामा मृत्यु हुनेको सङ्ख्या १६ हजार नजिक पुग्यो, मारिनेमा ७० प्रतिशत महिला र बालबालिका
मङ्गलबार, १९ मङ्सिर २०८०, १० : ०३
गाजा । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा मृत्यु हुनेको सङ्ख्या १६ हजार नजिक पुगेको जनाएको छ । मन्त्रालयका अनुसार अक्टोबर ७ पछि अर्थात् इजरायल–हमास युद्ध सुरु भएपछि गाजामा १५ हजार ८९९ जनाको मृत्यु भएको हो ।
मन्त्रालयले आइतबार तथ्यांक सार्वजनिक गरेदेखि अहिलेसम्म थप ३४९ जनाको मृत्यु भएको जनाएको छ । हमासका अनुसार मारिनेमा ७० प्रतिशत महिला र बालबालिका रहेका छन् ।
उता इजरायलले युद्धको उद्देश्य हमासलाई गाजा पट्टीबाट हटाउनु रहेको बताएको छ । अक्टोबर ७ मा हमासका लडाकुहरूले इजरायलमा प्रवेश गरी आक्रमण गरेका थिए जसमा १२ सय जनाको मृत्यु भएको थियो ।
त्यसबेला हमासले करिब २४० जनालाई बन्धक बनाएर गाजा लगेको थियो । शुक्रबार समाप्त भएको सात दिने अस्थायी युद्धविराममा १०० भन्दा बढी बन्धकहरूलाई रिहा गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण