शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गाजामा मृत्यु हुनेको सङ्ख्या १६ हजार नजिक पुग्यो, मारिनेमा ७० प्रतिशत महिला र बालबालिका

मङ्गलबार, १९ मङ्सिर २०८०, १० : ०३
मङ्गलबार, १९ मङ्सिर २०८०

गाजा । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा मृत्यु हुनेको सङ्ख्या १६ हजार नजिक पुगेको जनाएको छ । मन्त्रालयका अनुसार अक्टोबर ७ पछि अर्थात् इजरायल–हमास युद्ध सुरु भएपछि गाजामा १५ हजार ८९९ जनाको मृत्यु भएको हो ।

मन्त्रालयले आइतबार तथ्यांक सार्वजनिक गरेदेखि अहिलेसम्म थप ३४९ जनाको मृत्यु भएको जनाएको छ । हमासका अनुसार मारिनेमा ७० प्रतिशत महिला र बालबालिका रहेका छन् ।

उता इजरायलले युद्धको उद्देश्य हमासलाई गाजा पट्टीबाट हटाउनु रहेको बताएको छ । अक्टोबर ७ मा हमासका लडाकुहरूले इजरायलमा प्रवेश गरी आक्रमण गरेका थिए जसमा १२ सय जनाको मृत्यु भएको थियो ।

त्यसबेला हमासले करिब २४० जनालाई बन्धक बनाएर गाजा लगेको थियो । शुक्रबार समाप्त भएको सात दिने अस्थायी युद्धविराममा १०० भन्दा बढी बन्धकहरूलाई रिहा गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप