कोरियन भाषाको सिप बिल्डिङमा परीक्षा दिएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) को सिप बिल्डिङमा आवेदन दिएकाले उत्पादनमूलक क्षेत्रमा दिन नपाउने भएका छन् । ईपीएस कोरियाले उत्पादनमूलक क्षेत्रका लागि १५ हजार ८४८ जनाका लागि आवेदन आह्वान गरेको छ । तर, त्यसमा यसअघि सिप बिल्डिङमा आवेदन भरेको तथा परीक्षा दिएकाहरूले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने भएका हुन् ।
ईपीएस शाखा कार्यालयले यसअघि सिप बिल्डिङका लागि आवेदन माग गरेको थियो । जसमा ४ हजार ९८ जना पास भएका थिए । सिप बिल्डिङको लागि ३५ हजार ४७८ जनाले आवेदन दिएका थिए । अब उनीहरू उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन पाउने शाखा कार्यालयले जनाएको छ ।
शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीले सिप बिल्डिङमा आवेदन दिई उत्तीर्ण नभएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने बताए । एचआरडी कोरियाले एक वर्षमा एक क्षेत्रबाहेक अन्य क्षेत्रमा आवेदन दिन नपाउने व्यवस्था गरेकाले उनीहरूले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने बताए । सिप बिल्डिङमा आवेदन दिई अनुत्तीर्ण भएकाहरूले यसमा फाराम भर्न पाउनुपर्ने माग राख्दै ध्यानाकर्षण गराएका छन् । उनीहरूले शाखा कार्यालय र एचआरडी कोरियाको ध्यानाकर्षण गराएका हुन् ।
उनीहरूले शाखा कार्यालय प्रमुखलाई आवेदन दिन पाउनुपर्ने माग राख्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । त्यस्तै एचआरडी कोरियालाई समेत मेल मार्फत ध्यानाकर्षण पत्र पठाएका छन् । ध्यानाकर्षण पत्रमा ३० हजार बढी अनुत्तीर्ण परीक्षार्थीलाई अन्याय भएको भन्दै आवेदन खुला गर्न माग गरेका हुन् । माग पूरा नभए मंसिर २५ गतेदेखि ३० हजार बढी परीक्षार्थीले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण