शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

राप्रपा बैठक : छलफलका लागि सात एजेन्डा पेश

बुधबार, २० मङ्सिर २०८०, १४ : ४१
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि विभिन्न ७ वटा एजेन्डा पेश गरेका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजसंस्था, हिन्दु राष्ट्रको पुनर्स्थापना लगायत जनजीविकाबारे पार्टीले जनदबाब र आन्दोलन गर्ने विषयमा कार्यदलको तर्फबाट आन्दोलनको आवश्यकता र औचित्य सम्बन्धी ड्राफ्ट पेश गरेका छन् ।

‘आजको बैठकमा ड्राफ्टमाथि प्रारम्भिक छलफल सुरु भएको छ । अन्य एजेन्डामाथि छलफल हुने क्रम जारी छ’, प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठक बिहीबार बिहान ८.०० बजे पुनः बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप