राजनीति
राप्रपा बैठक : छलफलका लागि सात एजेन्डा पेश
बुधबार, २० मङ्सिर २०८०, १४ : ४१
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि विभिन्न ७ वटा एजेन्डा पेश गरेका छन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजसंस्था, हिन्दु राष्ट्रको पुनर्स्थापना लगायत जनजीविकाबारे पार्टीले जनदबाब र आन्दोलन गर्ने विषयमा कार्यदलको तर्फबाट आन्दोलनको आवश्यकता र औचित्य सम्बन्धी ड्राफ्ट पेश गरेका छन् ।
‘आजको बैठकमा ड्राफ्टमाथि प्रारम्भिक छलफल सुरु भएको छ । अन्य एजेन्डामाथि छलफल हुने क्रम जारी छ’, प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठक बिहीबार बिहान ८.०० बजे पुनः बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण