शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध १० वटा उजुरी

बिहीबार, २१ मङ्सिर २०८०, १० : ३६
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध १० वटा उजुरी परेको छ । संसदीय सुनुवाइ प्रक्रियामा रहेका उनीहरुविरुद्ध १० वटा उजुरी परेको समितिकी सहसचिव निर्मलादेवी लामिछानेले जानकारी दिइन् ।

बिहीबार बस्ने संसदीय सनुवाइ समितिमा हुने छलफलमा उनीहरू विरुद्धको उजुरी सांसदलाई वितरण गरिँदै छ ।

प्रस्तावित न्यायाधीश मध्ये सबैभन्दा धेरै सारंगा सुवेदी विरुद्ध ५ वटा उजुरी परेको छ । यस्तै प्रस्तावित न्यायाधीश महेश शर्मा, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालविरुद्ध भने एउटा पनि उजुरी परेको छैन । समितिले गत मंसिर ८ गते १० दिन उजुरी दिनका लागि सूचना प्रकाशन गरेर उजुरी आह्वान गरेको थियो ।

 यसका साथै पोर्चुगलका प्रस्तावित राजदूत सनील नेपाल विरुद्धमा पनि एउटा उजुरी परेको छ । समितिको आज बस्ने बैठकले उनीहरूमाथिको सुनुवाइ लागि मिति तोक्ने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप