सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध १० वटा उजुरी
बिहीबार, २१ मङ्सिर २०८०, १० : ३६
काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध १० वटा उजुरी परेको छ । संसदीय सुनुवाइ प्रक्रियामा रहेका उनीहरुविरुद्ध १० वटा उजुरी परेको समितिकी सहसचिव निर्मलादेवी लामिछानेले जानकारी दिइन् ।
बिहीबार बस्ने संसदीय सनुवाइ समितिमा हुने छलफलमा उनीहरू विरुद्धको उजुरी सांसदलाई वितरण गरिँदै छ ।
प्रस्तावित न्यायाधीश मध्ये सबैभन्दा धेरै सारंगा सुवेदी विरुद्ध ५ वटा उजुरी परेको छ । यस्तै प्रस्तावित न्यायाधीश महेश शर्मा, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालविरुद्ध भने एउटा पनि उजुरी परेको छैन । समितिले गत मंसिर ८ गते १० दिन उजुरी दिनका लागि सूचना प्रकाशन गरेर उजुरी आह्वान गरेको थियो ।
यसका साथै पोर्चुगलका प्रस्तावित राजदूत सनील नेपाल विरुद्धमा पनि एउटा उजुरी परेको छ । समितिको आज बस्ने बैठकले उनीहरूमाथिको सुनुवाइ लागि मिति तोक्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण