पत्रकार देवानमाथि आक्रमण गर्नेलाई कारबाहीको माग
विराटनगर । पत्रकार प्रेम देवानमाथि विराटनगरमा एक समूहले आक्रमण गरेको छ । बिहीबार दिउँसो विराटनगर महानगरपालिकामा बाहिर अज्ञात समूहले उनलाई आक्रमण गरेका हुन् ।
विराटनगर–७, सातघुम्तीमा बुधबार भएको आगलागी नियन्त्रणमा स्थानीय सरकारको भूमिका कमजोर भएको भन्दै पीडित पक्षले गरेको आन्दोलनमा समाचार सङ्कलनका लागि पत्रकार देवानलाई बोलाइएको थियो । फेसबुक स्टाटसको विषयलाई लिएर आफूलाई आक्रमण गरिएको पत्रकार देवानले बताए ।
‘आन्दोलनको समाचार लेख्न बारम्बार फोन गरेर बोलाए । समाचार सङ्कलन गर्न पुगेपछि अज्ञात समूहले आक्रमण ग¥यो,’ उनले भने ।
आक्रमणबाट पत्रकार देवाको बायाँ हातमा चोट लागेको छ । आक्रमण गर्ने विरुद्ध पत्रकार देवानले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका छन् ।
उजुरी दिएपछि मोरङ प्रहरीले पत्रकार देवानलाई आक्रमण गर्नेको खोजी कार्य जारी राखेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।
यसैबिच पत्रकार देवानलाई आक्रमण गर्नेलाई कारबाही गर्न पत्रकार सम्बद्ध संघसंगठनहरुले माग राखेका छन् । नेपाल पत्रकार महासंघ, प्रेस यूनियन, प्रेस चौतारी, प्रेस सेन्टर नेपाल, नेपाल आदिवासी जनजाति महासंघ मोरङलगायत विभिन्न संघसंगठनले पत्रकार देवानलाई आक्रमण गर्नेलाई पक्राउ गरी कारबाहीका लागि माग राखेका हुन् ।
‘पत्रकारले कुनै पनि घटनाको विषयमा लेख्ने, रिपोर्टिङका लागि छायाङ्कन गर्ने तथा अन्तर्वार्ता लिने स्वतन्त्रता संविधानले नै दिएको छ । संविधान प्रदत्त काम गर्ने क्रममा कानुन हातमा लिएर कुटपिटमा उत्रिने र लछारपछार गर्ने काम निन्दनीय छ । समाचार लेखेकै कारण पत्रकार देवानमाथि भएको आक्रमणलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननको रूपमा लिएको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण