कतारबाट रविको प्रश्न : कसलाई जोगाउन एनसेलको संरक्षकनै संयोजक बनाइयो ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेलको खरिद–बिक्री प्रकरण छानबिन गर्न बनाइएको समितिमाथि प्रश्न उठाएका छन् ।
कतारमा रहेका लामिछानेले भिडियो सार्वजनिक गर्दै कसलाई जोगाउन एनसेलको संरक्षण गर्दै आएका व्यक्तिलाई नै छानबिन समितिको संयोजक बनाइयो भन्दै प्रश्न गरेका हुन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको जारी बैठकमा भर्चुअल माध्यमबाट कुरा राख्न नपाएपछि सामाजिक सञ्जालमा आफ्नो कुरा राख्न बाध्य भएको लामिछानेले बताए ।
‘म अहिले कतारमा छु। नेपालमा भर्खरै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सुरु भएको छ। भौतिकरूपमा उपस्थिति जनाउन नसके पनि, मेरा केही प्रश्नहरू भिडियोमार्फत् राख्न दिनु भनी अनुमति मागें। तर, नपाएपछि सो भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै छु। आशा छ, सम्बन्धित निकायसम्म मेरा प्रश्न पुग्ने नै छन्,’ उनले भने ।
लामिछानेले छानबिन समिति माथि प्रश्न गर्दै एनसेलको खरिद विक्रिमा साँच्चै छानबिन गर्ने भए ८ वर्ष अघि देखिकै कारोबार माथि छानबिन गर्न चुनौती दिए ।
साथै सरकारमा रहेका र बाहिर भएका ठुला दलका नेताहरुलेनै फेरि कर तिर्नु पर्दैन भनेर आश्वासन दिएको आशंका उनले व्यक्त गरे।
लामिछानेले आफूहरुले पहिलेदेखिनै संसदको क्यालेन्डर बनाइनुपर्छ भनेर भन्दै आइरहे पनि नबनेको बताए । उनले एनसेलको कर छलिमा कारवाही गर्न सरकारले छानविन समिति बनाएकोप्रति आपत्ति जनाए।
‘हामीलाई किन छानविन समितिको यतिधेरै मोह छ। छानविन समितिको काम किन प्रभावकारी छ भनेर पनि छानविन गर्नको लागि अर्को समिति बनाउँलान् भन्ने दिन नआउला भन्न सकिँदैन। हरेक कुरामा किन चाहियो समिति ?,’ उनको प्रश्न छ, ‘कर छलि भएको कुरा गरेपछि प्रधानमन्त्रीले कर कार्यालयको सम्बन्धित निकायलाई बोलाउने हो कि सत्ता गठबन्धनको बैठक बोलाउने हो ? छानविन गर्न गठबन्धन दलहरु तयार रे सिस्टम भन्ने कुरा चराको नाम हो ? भन्ने कुरा हामीले कहिले थाहा पाउने ?’
सभापति लामिछानले जाजरकोट भूकम्पका प्रभावितलाई चिसोबाट जोगाइ पुनर्स्थापना र पुनर्निर्माणमा सरकारले तय गरेको नीति र योजनाबारे जानकारी गराउने व्यवस्थाका लागि समितिका सभापतिज्यूको ध्यानाकर्षण पनि गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण