आधुनिक जार
धेरैसँग सम्बन्ध भएपछि भटमासेको सम्बन्ध सकियो । रमणले भटमासेसँग सम्बन्धविच्छेद गरे । समय चल्दै थियो । एक अञ्जान स्वाति गुप्ताबाट सामाजिक सञ्जालमा रिक्वेस्ट आयो । फ्याक्ट चेक गर्दा नक्कली थियो ।
अचानक अर्को मेसेज आयो, ‘म एक्लै छु, हजुरसँग न्युड हुन मन लाग्यो ।’
रमण आइटी इन्जिनियर भएकाले अन्य साथीको सहयोगबाट सबै सूचना निकाले । उनी दोधारमा परे । ती थिए, चर्चित मिडियाकर्मी । उनलाई रिस उठ्यो ।
अर्को अफर आयो, ‘कपडा खोल्नुस् न । म हजुरलाई पूर्ण रूपमा हेर्न चाहन्छु ।’
उनी केहीबेर रोकिए । सत्यमा बाँच्ने कि ! क्रुर बन्ने ? मनमा प्रश्न तैरिए । जारलाई किन सम्मान ? कपडा खोलेरै देखाइदिए । जार त थियो । उसले श्रीमती त बाँकी राखेन । जारले भिडियो बनाएर आफन्त रोजी रोजी पठायो ।
रमण एक्लै घोत्लिए । चिन्ता बढ्यो । अचानक एक प्रोफेसर देखा परे । उनले सोधे, ‘होइन रमण के भयो ?’
रमणले वृत्तान्त सुनायो । उसको अवस्था देखेर प्रोफेसरलाई दया लाग्यो । उनले भने, ‘हेर बाबु, जार जति पढोस् या मिडिया चलाओस् ऊ आपराधिक तत्त्व नै हो । पहिलाका जार श्रीमती ताक्थे । आधुनिक जार साथी बनेर प्रेमिका तथा अर्काको श्रीमती उडाउँछन् । कोसेलीको रूपमा चरित्र हत्या गर्न कुनै कसुर बाँकी राख्दैनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण