एनसेल सेयर बिक्री प्रकरण
एनसेलको सेयर बिक्रीविरुद्ध सांसद अमरेशकुमार सिंहको रिट निवेदन रेग्मीको इजलासमा
आइतबार, २४ मङ्सिर २०८०, ११ : ३६

काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक ‘एनसेल’ को सेयर बिक्रीविरुद्ध सांसद अमरेशकुमार सिंहले दर्ता गराएको रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार सर्वोच्च अदालतमा पेसी तोकिएको छ ।
प्रतिनिधिसभाका स्वतन्त्र सांसद सिंहले शुक्रबार सर्वोच्च अदालतमा एनसेलको सेयर बिक्रीविरुद्ध रिट निवेदन दर्ता गराएका थिए । आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा उक्त रिट निवेदनको सुनुवाइ हुने भएको छ ।
सांसद सिंहले नेपालको कानुनी प्रक्रियालाई छलेर राज्यलाई हानि पुग्नेगरी अपारदर्शी तवरमा सेयर खरिदबिक्री भएको दाबी गर्दै रिट निवेदन दायर गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीले आचरण विपरीत सार्वजनिक गर्यो दिलभूषण पाठकको पक्राउ पुर्जीको सूचना
-
फर्पिङबाट लागुऔषध सहित दुई जना पक्राउ
-
कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृत्यु
-
मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : ऊर्जामन्त्री
-
सिरहामा लागूऔषधसहित तीन जना पक्राउ
-
गण्डकीमा चरम निराशा : ७५ प्रतिशत जनतालाई अहिलेको गठबन्धनप्रति भरोसा छैन