नर्थ क्यारोलाइनामा कुलपति राईको एकल कविता वाचन
अमेरिका । 'सांस्कृतिक सत्ता र समता'का लागि भन्ने अभियानका क्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति तथा प्रसिद्ध कवि भूपाल राईको एकल कविता वाचन कार्यक्रमको तेस्रो शृङ्खला (अमेरिका) युएसएको नर्थ क्यारोलाइनामा सम्पन्न भएको छ ।
यस क्रममा राईले कविता वाचन गर्दै आफू अमेरिकी नेपाली समाज र संस्कृतिको अध्ययन गर्न आएको बताए । यसअघि चितवनबाट सुरु भएको राईको कविता वाचनको शृङ्खला युएसएकै अर्को राज्य बोस्टनमा दोस्रो पटक आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बाबा बस्नेत, उपन्यासकार नीलम कार्की निहारिका लगायतले कविता वाचन र मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थ क्यारोलाइना च्याप्टर, नर्थ क्यारोलाइना नेपाली साहित्य समाज र नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण