आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नर्थ क्यारोलाइनामा कुलपति राईको एकल कविता वाचन

आइतबार, २४ मङ्सिर २०८०, १५ : ५०
आइतबार, २४ मङ्सिर २०८०

अमेरिका । 'सांस्कृतिक सत्ता र समता'का  लागि भन्ने अभियानका क्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति तथा प्रसिद्ध कवि भूपाल राईको एकल कविता वाचन कार्यक्रमको तेस्रो शृङ्खला (अमेरिका) युएसएको नर्थ क्यारोलाइनामा सम्पन्न भएको छ ।

यस क्रममा राईले कविता वाचन गर्दै आफू अमेरिकी नेपाली समाज र संस्कृतिको अध्ययन गर्न आएको बताए । यसअघि चितवनबाट सुरु भएको राईको  कविता वाचनको शृङ्खला युएसएकै अर्को राज्य बोस्टनमा दोस्रो पटक आयोजना गरिएको थियो ।

उक्त  कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बाबा बस्नेत, उपन्यासकार नीलम कार्की निहारिका लगायतले कविता वाचन र मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थ क्यारोलाइना च्याप्टर, नर्थ क्यारोलाइना नेपाली साहित्य समाज र नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप