बार्सिलोनालाई हराउँदै जिरोना शीर्ष स्थानमा
क्याम्प नाउ । बार्सिलोनालाई उसैको घरेलु मैदानमा हारको स्वाद चखाउँदै जिरोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा जिरोना ४–२ गोलले विजयी बनेको हो ।
खेलको १२ औँ मिनेटमा आर्टेम डोबिकले जिरोनालाई अग्रता दिलाएका थिए । तर, १९ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले खेल बराबरी गरे । पहिलो हाफको अन्त्यतिर मिगेल गुटिएरेजले जिरोनालाई पुनः अग्रता दिलाए ।
खेलको ८० औँ मिनेटमा भालिरे फर्नान्डेजले गोल गर्दै टोलीको अग्रता थप फराकिलो बनाए । इन्जुरी समयको दोस्रो मिनेटमा इल्के गुन्डोगानले बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरे पनि क्रिस्टियन स्टुआनीले एक गोल थप्दै ला लिगामा क्याटालान प्रतिद्वन्द्वीविरुद्ध टोलीलाई पहिलो जीत दिलाए ।
जीतपछि जिरोनाले लिगको अङ्क तालिकामा रियल मड्रिडलाई दुई अंकले पछि पारेको छ । १६ खेलबाट जिरोनाको ४१ अङ्क रहेको छ भने रियलको समान खेलबाट ३९ अङ्क छ । बार्सिलोनाले १६ खेलबाट ३४ अङ्क बटुल्दै चौथो स्थानमा खस्किएको छ ।
आइतबार एट्लेटिको मड्रिडले अल्मेरियालाई २–१ ले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको एट्लेटिकोको समान ३४ अङ्क रहे पनि गोलअन्तरमा बार्साभन्दा अघि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण