सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

स्टेडियममा फुटबल समर्थकको मृत्यु भएपछि...

सोमबार, २५ मङ्सिर २०८०, ०९ : १३
सोमबार, २५ मङ्सिर २०८०

मड्रिड । रंगशालामा समर्थकको मृत्यु भएपछि रोकिएको ग्रानाडा र एथ्लेटिक बिलबाओबिचको खेल सोमबार पुनः खेलाइने भएको छ । आइतबार ग्रानाडाको घरेलु मैदान नुएभो लोस कार्मेनेस स्टेडियममा भएको खेलमा समर्थकको निधन भएको थियो ।

ग्रानाडाका समर्थकलाई हृदयाघात भएपछि खेल १७ मिनेटपछि रोकिएको थियो । एक घण्टापछि खेल नै रद्द गर्ने निर्णय गरिएको थियो । ला लिगाले खेल १७ मिनेटपछि देखि नै सुरु हुनेछ । खेलमा इकानी विलियिम्सले गोल गर्दै एथ्लेटिकलाई १–० को अग्रता दिलाएका थिए ।

आइतबारको खेलका लागि टिकट खरिद गरेका समर्थकहरूलाई मैदानमा प्रवेश गर्न दिइने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप