बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

हिमालय एअरलाइन्सको काठमाडौं–चोङकिङ–काठमाडौं उडान पुनः सुरु

मङ्गलबार, २६ मङ्सिर २०८०, १३ : ५२
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । हिमालय एअरलाइन्सले लामो समयदेखि प्रतीक्षारत काठमाडौँ–चोङकिङ–काठमाडौँ उडान सेवा पुनः सुरु गरेको छ । यो सेवा बिस्तारलाई एअरलाइन्सले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवद्र्घन गर्ने प्रतिबद्धताका रुपमा लिएको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । 

काठमाडौँ–चोङकिङ–काठमाडौँ रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको व्यस्त सहरको बीचमा सहज यात्राको विकल्प प्रदान गर्ने एअरलाइन्सको भनाइ छ । दुई सहरका बीच हुने प्रत्यक्ष सम्पर्कले सहज, सुरक्षित एवम् प्रभावकारी यात्रा प्रदान गर्ने हिमालय एअरलाइन्स्कोे प्रतिबद्धतालाई समेत प्रतिविम्बित गरेको एयरलाइन्सको भनाइ छ । 

समृद्ध सांस्कृतिक सम्पदा, आधुनिक सहरी परिदृश्य र आर्थिक गतिशीलताका लागि प्रसिद्ध चोङकिङले एयरलाइन्सका अनुसार पहिलो आउटबाउन्ड उडान, एच९ ७८७ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार स्थानीय समय अनुसार बिहान १०ः०७ मा प्रस्थान गरेको थियो र चोङ्किङ्कोे जियाङ्गबेइ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझकोे १५ः५० बजे अवतरण गर्ने छ । 

यस उडानको अवधि ३ घण्टा १४ मिनेटको रहनेछ । पहिलो उडानमा कूल यात्रु संख्या एक सय पच्चिस रहेको जनाइएको छ । चोङकिङबाट त्यहाँको स्थानीय समयअनुसार अपराह्नको ४ः२५ बजे काठमाडौंका लागि  फिर्ती उडान छुट्नेछ र काठमाडौँमा साँझको ६ः३५ मा अवतरण हुने एयरलाइन्सले जनाएको छ । 

आज पश्चात् पनि एअरलाइन्सले हरेक मंगलबार र शनिबार गरी हप्तामा दुई पटक यी दुई सहरहरूका बीचमा उडान सेवा सञ्चालन गर्ने जनाएको छ । यस उडान सेवासँगै नेपाल र चीनबीच हिमालय एअरलाइन्स्को यो चौथो सिधा उडान सेवा हुनेछ ।  एअरलाइन्स्ले यस अघि नै बेइजिङ, छिन्ताओ र सांघाईमा नियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप