शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष मेहताको निधन

बुधबार, २७ मङ्सिर २०८०, ०७ : ५०
बुधबार, २७ मङ्सिर २०८०

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको गए राति निधन भएको छ ।

उनानसत्तरी वर्षीय मेहताको उपचारका क्रममा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले जानकारी दिए । मेहतलाई हृदयघातपछि अस्पताल भर्ना गरिएको थियो । उनी कांग्रेस महाधिवेशन प्रतिनिधि र पूर्वजिल्ला सदस्यसमेत रहेका थिए ।

मेहताको निधनले सुनसरी कांग्रेसलाई क्षति पुगेको कांग्रेस केन्द्रीय सदस्य राजिव कोइरालाले बताए । उनको आज धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिने परिवारिक स्रोतले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप