च्याम्पियन्स लिगबाटै बाहिरियो म्यानचेस्टर युनाइटेड
काठमाडौँ । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिएको छ । समूह एमा जर्मन क्लब बार्यन म्युनिखसँग १–० सँग पराजित भएपछि प्रतियोगिताबाट बाहिर भएको हो ।
समूह चरणका ६ मध्ये १ खेलमा जित र १ मा बराबरी गरेपछि युनाइटेड पुछारमा रहेको थियो । यो समूहबाट बार्यन ६ खेलमा १६ अंक बनाउँदै शीर्ष स्थानमा रहेको छ । युनाइटेडेको घरेलु मैदान वल्डटाफोर्डमा ७० औं मिनेटमा गोल बेहोर्न पुग्यो । बार्यनका किंग्सले कोमानले हेरि केनको पासमा उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए । सोही गोल अन्तरले बार्यनले जित निकाल्दा युनाइटेड भने समूह चरणबाटै बिदा भयो ।
यही समूहमा रहेको एफसी कोपन हेगनले पनि अर्को चरणको यात्रा तय गरेको छ । कोपनहेगनले गालातासारेलाई १–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै कोपनहेगन ८ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।
कोपनहेगनका लागि ५८ औं मिनेटमा लुकास लेरगरले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण