आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स लिगबाटै बाहिरियो म्यानचेस्टर युनाइटेड

बुधबार, २७ मङ्सिर २०८०, ०८ : २३
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिएको छ । समूह एमा जर्मन क्लब बार्यन म्युनिखसँग १–० सँग पराजित भएपछि प्रतियोगिताबाट बाहिर भएको हो । 

समूह चरणका ६ मध्ये १ खेलमा जित र १ मा बराबरी गरेपछि युनाइटेड पुछारमा रहेको थियो । यो  समूहबाट बार्यन ६ खेलमा १६ अंक बनाउँदै शीर्ष स्थानमा रहेको छ । युनाइटेडेको घरेलु मैदान वल्डटाफोर्डमा ७० औं मिनेटमा गोल बेहोर्न पुग्यो । बार्यनका किंग्सले कोमानले हेरि केनको पासमा उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए । सोही गोल अन्तरले बार्यनले जित निकाल्दा युनाइटेड भने समूह चरणबाटै बिदा भयो ।

यही समूहमा रहेको एफसी कोपन हेगनले पनि अर्को चरणको यात्रा तय गरेको छ । कोपनहेगनले गालातासारेलाई १–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै कोपनहेगन ८ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।

कोपनहेगनका लागि ५८ औं मिनेटमा लुकास लेरगरले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप