टिकटक प्रतिबन्धविरुद्धको रिट न्यायाधीशद्वय ढुङ्गाना र श्रेष्ठको इजलासमा, सुनुवाइको सम्भावना न्यून

काठमाडौँ । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध दायर रिट न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ । यद्यपि बुधबार ती रिटहरूमाथि सुनुवाइको सम्भावना भने न्यून छ ।
सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अधिवक्ता अनन्तराज लुइटेल, फर्सुराम पाण्डे, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
ती रिटहरूमाथि मङ्सिर ५ गते विपक्षी नेपाल सरकार, नेपाल दूरसञ्चार प्राधिकरण लगायतको नाममा कारण देखाऊ आदेश जारी भए पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
अन्तरिम आदेश प्रयोजनका लागि मङ्सिर १९ गतेको पेशी तोकिएकामा उक्त दिन हेर्न नभ्याउनेमा परेको थियो । त्यसपछि बुधबारका लागि न्यायाधीशद्वय ढुङ्गाना र श्रेष्ठको इजलासमा पेसी तोकिएको भए पनि उक्त रिट अन्तिममा रहेको कारण बुधबार पनि हेर्न नभ्याउनेमा पर्ने सम्भावना बढी छ ।
टिकटक प्रतिबन्धविरुद्ध १४ जनाले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलंकीस्थित इडिफाई इन्टरनेशनल स्कुलमा इभि भ्यान दुर्घटना, ९ वर्षीया छात्राको मृत्यु
-
सुनचाँदी व्यवसायीहरूको प्रदर्शन जारी, तस्बिरहरू
-
बजेटमा सांसद्हरूको व्यापक असन्तुष्टि, बचाउमा सत्तापक्ष
-
‘पटका पड्केको देखेको थिएँ, इजरायल आएर मिसाइल पड्किएको पनि देखेँ’
-
सम्पर्कविहीन चिकित्सक रिसोर्टमा बसेका थिए
-
सहरी विकासको बजेट मन्त्रीहरूले कब्जा गरेको देखियो : प्रकाश ज्वाला