बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुन पाउनु गर्व महसुस गर्छु – दीपिका ग्यारेट

बुधबार, २७ मङ्सिर २०८०, १९ : २१
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । ‘मिस युनिभर्स नेपाल २०२३’ जेन दीपिका ग्यारेट स्वदेश फर्किएकी छन् । अमेरिकाको एल साल्भाडोरमा आयोजित ‘मिस युनिभर्स २०२३’मा सहभागीको क्रममा उनले प्लस साइज मोडलको रुपमा चर्चा कमाएकी थिइन् ।

प्रतियोगितामा भने उनी टप २० मा सीमित रहिन् । दीपिकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचेतनाका निर्देशक सरोज ओझाले राष्ट्रिय झण्डा ओडाएर, बुकि, माला र खादासहित स्वागत गरे । 

दीपिकाले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस युनिभर्स’ जस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुन पाउँदा आफूलाई गर्व महशुस भएको बताइन् । 

‘मिस युनिभर्स २०२३’ मा सहभागितासँगै दीपिकाले ‘प्लस साइज मोडल’को रूपमा अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुली रहेकी छिन् । २३ वर्षिया दिपिकाले मानसिक स्वास्थ्य, सकारात्मक सोच र हर्मोनल स्वास्थ्यको पक्षमा आफ्ना धारणा राख्दै आएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप