सांगठनिक र राजनीतिक प्रतिवेदन बनाउन महामन्त्रीद्वय जुटे छलफलमा
बिहीबार, २८ मङ्सिर २०८०, १८ : ३८
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महासमिति बैठकमा पेस हुने सांगठनिक र समसामयिक राजनीति प्रतिवेदनलाई संयुक्त बनाउने भएका छन् । गत असोज पहिलो साता बसेको पार्टी केन्द्रीय समिति बैठकले महामन्त्री थापालाई सांगठनिक र अर्का महामन्त्री शर्मालाई समसामयिक राजनीति प्रतिवेदन लेखनको जिम्मेवारी दिएको थियो ।
महामन्त्रीद्वयबिच बिहीबार काठमाडौँमा दुवै प्रस्तावलाई संयुक्त बनाउने बैठक भएको छ । कांग्रेस महासमिति बैठक ललितपुरको गोदावरीमा आसन्न पुस १६-१९ का लागि तय भएको छ ।
शुक्रबार महासमिति बैठकको तयारीका लागि पार्टीको कार्यसम्पादन समितिको बैठक बस्नुअघि महामन्त्रीद्वयले दुवै प्रतिवेदनलाई संयुक्त बनाउन जुटेका बुझिएको छ । महासमिति बैठकमा महामन्त्रीद्वयले सांगठनिक र राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण