सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सांगठनिक र राजनीतिक प्रतिवेदन बनाउन महामन्त्रीद्वय जुटे छलफलमा

बिहीबार, २८ मङ्सिर २०८०, १८ : ३८
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महासमिति बैठकमा पेस हुने सांगठनिक र समसामयिक राजनीति प्रतिवेदनलाई संयुक्त बनाउने भएका छन् । गत असोज पहिलो साता बसेको पार्टी केन्द्रीय समिति बैठकले महामन्त्री थापालाई सांगठनिक र अर्का महामन्त्री शर्मालाई समसामयिक राजनीति प्रतिवेदन लेखनको जिम्मेवारी दिएको थियो । 

महामन्त्रीद्वयबिच बिहीबार काठमाडौँमा दुवै प्रस्तावलाई संयुक्त बनाउने बैठक भएको छ । कांग्रेस महासमिति बैठक ललितपुरको गोदावरीमा आसन्न पुस १६-१९ का लागि तय भएको छ । 

शुक्रबार महासमिति बैठकको तयारीका लागि पार्टीको कार्यसम्पादन समितिको बैठक बस्नुअघि महामन्त्रीद्वयले दुवै प्रतिवेदनलाई संयुक्त बनाउन जुटेका बुझिएको छ । महासमिति बैठकमा महामन्त्रीद्वयले सांगठनिक र राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप