बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

रैथाने बाली उत्पादनमा जोड दिऔँ : मन्त्री महत

बिहीबार, २८ मङ्सिर २०८०, १२ : ००
बिहीबार, २८ मङ्सिर २०८०

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले रैथाने बालीको उत्पादनमा जोड दिन आग्रह गरेका छन् । प्रथम नुवाकोट खेलकुद तथा सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

मन्त्री डा। महतले भने,‘रैथाने बालीको बजार र माग पर्याप्त छ । थोरै उत्पादन भयो भने पनि मूल्य धेरै पाइन्छ । अब हामीले यतातिर ध्यान दिनुपर्छ ।’ 

मन्त्री महतले रासायनिक मल, किटनाशक औषधिले रोगब्यादी बढ्दै गएको बताएका छन् । महोत्सवमार्फत नुवाकोटको कला संस्कृति, सभ्यता, खेलकुद उत्पादन र विविध विशेषता झल्कने बताउँदै महोत्सव हेर्न आउनेले जिल्लाको विविधता चिन्ने अवसर पाउने उनले बताए ।

मन्त्री डा. महतले भने, ‘देशको सांस्कृतिक र भौगोलिक, जलवायु, वनस्पति, चराचुरुङ्गी, जातजाति, भाषा र भेषभुषाको विविधता नेपालको गौरव हो । यो विविधताको संरक्षण हुनुपर्छ । जति धेरै विविधता छ, त्यत्ति धेरै हामी समृद्ध हुँदै जान्छौँ ।’ 

कार्यक्रममा विभिन्न विभिन्न सांस्कृतिक झाँकी, गीत, संगीत र सांस्कृतिककर्मीले नृत्य प्रस्तुत गरेका थिए भने खेलाडीहरुले तेक्वान्दोका खेलहरु सांगीतिक महोलमा प्रदर्शन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप