रैथाने बाली उत्पादनमा जोड दिऔँ : मन्त्री महत
नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले रैथाने बालीको उत्पादनमा जोड दिन आग्रह गरेका छन् । प्रथम नुवाकोट खेलकुद तथा सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री डा। महतले भने,‘रैथाने बालीको बजार र माग पर्याप्त छ । थोरै उत्पादन भयो भने पनि मूल्य धेरै पाइन्छ । अब हामीले यतातिर ध्यान दिनुपर्छ ।’
मन्त्री महतले रासायनिक मल, किटनाशक औषधिले रोगब्यादी बढ्दै गएको बताएका छन् । महोत्सवमार्फत नुवाकोटको कला संस्कृति, सभ्यता, खेलकुद उत्पादन र विविध विशेषता झल्कने बताउँदै महोत्सव हेर्न आउनेले जिल्लाको विविधता चिन्ने अवसर पाउने उनले बताए ।
मन्त्री डा. महतले भने, ‘देशको सांस्कृतिक र भौगोलिक, जलवायु, वनस्पति, चराचुरुङ्गी, जातजाति, भाषा र भेषभुषाको विविधता नेपालको गौरव हो । यो विविधताको संरक्षण हुनुपर्छ । जति धेरै विविधता छ, त्यत्ति धेरै हामी समृद्ध हुँदै जान्छौँ ।’
कार्यक्रममा विभिन्न विभिन्न सांस्कृतिक झाँकी, गीत, संगीत र सांस्कृतिककर्मीले नृत्य प्रस्तुत गरेका थिए भने खेलाडीहरुले तेक्वान्दोका खेलहरु सांगीतिक महोलमा प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण