मणिपुर : काङपोकपी जिल्लामा आज २३ शवको सामूहिक दाहसंस्कार, १२ घण्टा बन्दको घोषणा

इम्फाल । मणिपुरमा मारिएका कुकी–जो जनजातिका शवहरु शुक्रबार कांगपोकपी जिल्लामा सामूहिक दाहसंस्कार गरिने भएको छ। दाहसंस्कार कार्यक्रम स्थानीय समयअनुसार बिहान ११ बजे सुरु हुनेछ।
राज्यमा भएको हिंसाको विरोधमा शुक्रबार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म सम्पूर्ण काङपोकपी जिल्लामा १२ घण्टा बन्दको आह्वान गरिएको छ । सदर पहाडको आदिवासी एकता समिति (कोटु)ले यस जिल्लाका सबै कुकी-जोवासीलाई शुक्रबार ‘शोक दिवस’ मनाउन र घर–घरमा कालो झण्डा फहराउन निर्देशन दिएको छ ।
बीबीसीलाई प्राप्त जानकारीका अनुसार २३ वटा शव काङपोकपी जिल्लाको फैजाङ गाउँमा गाडिनेछ । समाचारका अनुसार शव सामूहिक दाहसंस्कार कार्यक्रमको नारा ‘हाम्रो भोलिका लागि आज आफ्नो बलिदान गर’ राखिएको छ ।
मणिपुरमा गत मे ३ मा भएको व्यापक हिंसाको झण्डै आठ महिनापछि बिहीबार बिहान राजधानी इम्फालबाट २३ जनाको शव काङपोकपी पठाइएको थियो ।
भारतीय वायुसेनाको हेलिकप्टरबाट पठाइएका ती शवमध्ये १९ शव कुकी–जोका छन् । सनाखत हुन नसकेको चार शव पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वर्ड रिजर्भ’ क्षेत्रमै चरालाई सङ्कट
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा
-
काठमाडौँको बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष बनाइने
-
महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
-
विद्युत् सेवा बन्द हुँदा चार सय असी घरधुरी तीन महिनादेखि अन्धकारमा बस्न बाध्य