मणिपुर : काङपोकपी जिल्लामा आज २३ शवको सामूहिक दाहसंस्कार, १२ घण्टा बन्दको घोषणा
इम्फाल । मणिपुरमा मारिएका कुकी–जो जनजातिका शवहरु शुक्रबार कांगपोकपी जिल्लामा सामूहिक दाहसंस्कार गरिने भएको छ। दाहसंस्कार कार्यक्रम स्थानीय समयअनुसार बिहान ११ बजे सुरु हुनेछ।
राज्यमा भएको हिंसाको विरोधमा शुक्रबार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म सम्पूर्ण काङपोकपी जिल्लामा १२ घण्टा बन्दको आह्वान गरिएको छ । सदर पहाडको आदिवासी एकता समिति (कोटु)ले यस जिल्लाका सबै कुकी-जोवासीलाई शुक्रबार ‘शोक दिवस’ मनाउन र घर–घरमा कालो झण्डा फहराउन निर्देशन दिएको छ ।
बीबीसीलाई प्राप्त जानकारीका अनुसार २३ वटा शव काङपोकपी जिल्लाको फैजाङ गाउँमा गाडिनेछ । समाचारका अनुसार शव सामूहिक दाहसंस्कार कार्यक्रमको नारा ‘हाम्रो भोलिका लागि आज आफ्नो बलिदान गर’ राखिएको छ ।
मणिपुरमा गत मे ३ मा भएको व्यापक हिंसाको झण्डै आठ महिनापछि बिहीबार बिहान राजधानी इम्फालबाट २३ जनाको शव काङपोकपी पठाइएको थियो ।
भारतीय वायुसेनाको हेलिकप्टरबाट पठाइएका ती शवमध्ये १९ शव कुकी–जोका छन् । सनाखत हुन नसकेको चार शव पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण