हामी नेताहरूलाई नैतिक शिक्षा चाहिएको छ : कानुनमन्त्री गुरुङ
काठमाडौँ । कानुन मन्त्री धनराज गुरूङले नेताहरूलाई नैतिक शिक्षाको आवश्यकता रहेको बताएका छन्। दोस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको उद्घाटन गर्दै मन्त्री गुरुङले नेताहरूमा नैतिक शिक्षाको अभाव देखिएको भन्दै नैतिक शिक्षा सिकाउनुपर्ने बताएका हुन्।
‘शैक्षिक क्षेत्रमा खराबी आयो भने मुलुक नै खराब हुन्छ। म जस्ता नेताहरूलाई नैतिक शिक्षा सिकाइदियो भने धेरै राम्रो हुन्छ। मैले अरू धेरै केही मागिन नेताहरूलाई नैतिक शिक्षा मात्र दिनुभयो भने धेरै राम्रो हुन्छ। मैले आज यति नै मागे’ मन्त्री गुरुङले भने।
नेपालबाट बर्सेनि लाखौं विद्यार्थी बाहिरिने गरेको भन्दै त्यसलाई रोक्न शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने बताए। ‘शिक्षा क्षेत्रको सुधार, लाखौँ विद्यार्थी बाहिरिने जारी छ। नेपाललाई शैक्षिक हब बनाउन सकियो भने राम्रो हुन्छ। त्यस्तो भयो भने विद्यार्थी बाहिर जाने होइन आउने विद्यार्थी पनि बढी हुन्छन्।’ उनले भने।
प्लस टु पास गरेपछि नेपाली विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया जाने गरेको भन्दै त्यसलाई रोक्नुपर्ने बताए। ‘कतै ४–५ वर्षमा मुलुक ब्रेन ड्रेनको अवस्थामा पुग्ने खतरा छ। यो विषयमा म गम्भीर छु। नेपाललाई एजुकेशनल हब बनाउन सकियो भने विदेशी विद्यार्थी यही आउँछन्। उनीहरूका अभिभावक पनि आउँछन्’ उनले भने
निजी विद्यालयमा धनीका मात्रै छोराछोरी अध्ययन नगर्ने गरेको बताए। ‘निजीमा साँच्चिकै धनीले मात्र पढाउँछन् त ? मलाई त्यस्तो लाग्दैन । मध्यम खालकाहरूले पनि पढाउँछन्। दुःखै गरेर पनि छोराछोरीलाई राम्रै स्कुलमा पढाउने छन्’ मन्त्रीले गुरुङले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण