बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले सांस्कृतिक गाउँ बनाउन सुरु गरेको छ : मन्त्री किराती

शुक्रबार, २९ मङ्सिर २०८०, १८ : ३०
शुक्रबार, २९ मङ्सिर २०८०

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले सरकारले सांस्कृतिक गाउँ बनाउन सुरु गरेको बताएका छन् ।  

शुक्रबार सांस्कृतिक संस्थानले आयोजना गरेको ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री किराँतीले सरकारले देशका केही ठाउँहरुमा सांस्कृतिक गाउँ बनाउन सुरु गरेको बताएका हुन् । उनले एउटा गाउँबाट नेपालको पुरा सांस्कृतिक चित्र देखिने गरी सांस्कृतिक गाउँ बनाउन लागिएको बताए । 

मन्त्री किरातीले लोकगीत, उखानटुक्का, कथा, मुन्धुम र कैरनहरुमा रहेका कतिपय विषयहरुलाई रेकर्ड गरेर राख्न मौखिक ज्ञान संग्रहालय बनाउन लागेको पनि बताए । त्यस्तै रैथाने विश्वविद्यालयको अवधारणा अघि सारेको उनले बताए । उनले आफूहरु संस्कृति ऐन निर्माणका लागि अगाडी बढेको पनि बताए ।

मन्त्री किरातीले सांस्कृतिक सम्पदाहरुलाई राष्ट्रको पुँजीमा बदल्नको निम्ति, उत्पादन र उद्योगमा संस्कृतिलाई जोड्नको निम्ति र नेपालको अनुहार एक मञ्चबाट विश्वलाई एक साथ देखाउनको निम्ति माटोको गीत सांस्कृतिक कार्यक्रम गरिएको बताए । उनले संस्कृतिको प्रवर्द्धन गर्न, पर्यटकलाई खुसी पार्न, कलाकारलाई रोजगारी सिर्जना गर्न र सांस्कृतिक संस्थानलाई कामकाजी बनाउन पनि सो कार्यक्रमको आयोजना गरिएको स्पष्ट पारे । उनले सांस्कृतिक कूटनीतिलाई विस्तार गर्ने उद्देश्यले पनि सो कार्यक्रम गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप