नेपाली समाजले विश्वव्यापीकरणलाई बुझ्न सकेनः सापकोटा
विराटनगर । माओवादी केन्द्रका सांसद् माधव सापकोटाले विश्वाव्यापीकरणको प्रचुर फाइदा लिएर पनि नेपाली समाजले त्यसलाई सही ढंगले बुझ्न नसकेको बताएका छन् ।
सापकोटाले समाजमा पछिल्लो समय नेपाली विदेश जाने गरेको विषयलाई नकारात्मक कोणबाट मात्र बढी चर्चा हुने गरेको भन्दै विश्वव्यापीकरण आजको यथार्थ भएको स्वीकार गर्न सक्नुपर्ने बताए ।
‘कि त हामी विश्व्यापीकरणबाट अलग हुन्छौं, यसलाई मान्दैनौं भन्न सक्नुपर्छ’ उद्योग व्यापार संघ मोरङले विराटनगरमा गरेको कार्यक्रममा सापकोटाले भने, ‘विश्वव्यापीकरणबाट प्रचुर फाइदा पनि लिने अनि खाली मानिसहरु बाहिरिनु गलत भयो भन्ने कुरालाई चर्को स्वरमा कराउने प्रवृत्ति हाबी भयो ।’ सापकोटाले नेपालका मानिस बाहिर गएको मात्र नभई बाहिरका मानिस नेपाल आउने गरेको पनि तर्क गरे । उनले संसारका अतिविकसित मुलुकका मानिसहरु पनि रोजगारी वा अन्य अवसरका लागि बाह्य मुलुक जाने गरेको औंल्याए ।
‘विश्वव्यापीकरण भनेकै एक ठाउँको मानिस अर्को ठाउँमा जाने हो’, उनले भने, ‘विश्वव्यापीकरणका कारण मानिस आउने जाने कुरालाई कसैले रोक्न सक्दैन ।’ यद्यपि मुलुकका लागि अत्यावश्यक दक्ष जनशक्तिले मुलुकमै बसेर रोजगारी गर्न चाहँदा त्यसको वातावरण मिलाउने जिम्मेवारी राज्यको भएको बताए ।
सापकोटाले डा. गोविन्द केसीको पटकपटकको अनसनलाई संकेत गर्दै एउटा व्यक्तिको अनुचित दबाबमा परेर राज्यले मेडिकल कलेजलाई सम्बन्धन रोक्न नहुने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण