जनता राजतन्त्र र नयाँ दलप्रति आकर्षित छैनन् : उपमहासचिव गुरुङ
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनता राजतन्त्र वा नयाँ दलप्रति आकर्षित नरहेको सन्देश यात्रामा पाएको बताएका छन् । शनिवार पार्टी अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो तेह्रथुमको आठराई गाउँपालिकामा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
एमालेको झुलाघाट—चिवाभञ्ज्याङ यात्राले जनताहरु राजतन्त्र र नयाँ दलप्रति आकर्षित नरहेको पाएको बताए । उनले नागरिकमा जनताको क्रेज अत्याधिक रहेको पाएको पनि दाबी गरे । उनले एमाले पुरानो पार्टी भयो भन्नेहरुलाई यात्राबाटै जनताले जवाफ दिएको बताए ।
‘पहिलो कुरा यसको राजनीतिक सन्देश के देखियो भने काठमाडौँतिर अहिले हल्ला छ नि । राजतन्त्र फर्किएको हल्ला । त्यो राजतन्त्रको पक्षमा मानिसहरु देखिएन । एमालेप्रतिको क्रेज देखियो’ उनले भने, ‘नयाँ दलहरु जो भनिएको छ, पार्टीहरु भन्ने गरिएको छ, एमाले पुरानो पार्टी भयो भन्नेहरुलाई पनि एउटा जवाफ दिइएको छ । जनताको बीचमा नयाँ पार्टीहरुको कुनै क्रेज देखिएन ।’
उनले वर्तमान सरकारले विकास निर्माणका कुनै काम अघि बढाउन नसकेको बताए । उनले राजनीतिक रुपले मध्ये पहाड क्षेत्र धेरै उर्बर रहेको पाएको बताए ।
उनले भने, ‘संघीयताको पक्षधर भनिएकाहरुले एमाले संघीयता बिरोधी भनेर जुन खालको प्रश्न गर्न खोजिएको थियो, त्यसमा पनि प्रश्न देखिएन । एमालेमाथि जुन खालको आरोप लागेको थियो, त्यसको खण्डन जनताले यही यात्रामार्फत दिएको छ । यो सरकारले कुनै निर्माणको काम अघि बढाउन सकेको छैन । राजनीतिक रुपले मध्य पहाड धेरै नै उर्वर देखिन्छ ।’
गुरुङल अर्को एक प्रसङ्गमा मध्यपहाडी करिडोर बनाएर सडक करिडोर बनाएपनि आर्थिक करिडोरको कुनै नीति नल्याइएको भन्दै असन्तुष्टि पोखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण