भारतीय महिला टोलीको टेस्ट क्रिकेटमा सबैभन्दा ठुलो जित
मुम्बई । भारतीय महिला क्रिकेट टोलीले मुम्बईमा खेलिएको टेस्ट शृङ्खलाको एक मात्र खेलमा इंग्ल्याण्डलाई ३ सय ४७ रनको ठुलो अन्तरले पराजित गरेको छ । भारतले जितका लागि दिएको ४७८ रनको लक्ष्य पछ्याउँदा इंग्ल्याण्डको पूरा टिम १३१ रनमा आउट भएको हो ।
महिला टेस्ट इतिहासमा भारतीय टोलीको यो सबैभन्दा ठुलो जित हो। भारतले पहिलो इनिङ्समा ४२८ रन बनाएको थियो भने दोस्रो इनिङ्समा ६ विकेट गुमाएर १८६ रन बनाएको थियो । इंग्ल्याण्डले पहिलो इनिङ्समा १३६ रन तथा दोस्रो इनिङ्समा १३१ रन बनायो ।
यस खेलमा नौ विकेट लिने दीप्ति शर्मा खेलको उत्कृष्ट खेलाडी घोषित भइन् । दोस्रो इनिङ्समा दीप्ति शर्माले ३२ रनमा चार विकेट लिइन् भने पूजा वस्त्रकारले तीन र राजेश्वरी गायकवाडले दुई विकेट लिइन्। पहिलो इनिङ्समा दिप्ती शर्माले पाँच र स्नेह रानाले दुई विकेट लिएकी थिइन् ।
इंग्ल्यान्डका दुवै इनिङ्समध्ये पहिलो इनिङ्समा मात्रै खेलाडीले अर्धशतक बनाएका थिए । पहिलो इनिङ्समा नेट स्काइभर ब्रन्टले सर्वाधिक ५९ रन बनाइन् । भारतका लागि पहिलो इनिङ्समा चार खेलाडीले अर्धशतक बनाएका थिए । दोस्रो इनिङ्समा भारतका लागि हरमनप्रीत कौरले सर्वाधिक ४४ रन बनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण