आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आज सर्वोच्चका प्रस्तावित न्यायाधीश पौडेल र ढुङ्गानाको संसदीय सुनुवाइ हुँदै

आइतबार, ०१ पुस २०८०, ०७ : १३
आइतबार, ०१ पुस २०८०

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ ।  बिहान ११ बजे बस्ने बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाको बैठकमा सुनुवाइ हुने कार्यसूची रहेको संसद् सचिवालयका सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति हुनेछ । यसअघि सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको सुनुवाइ भइसकेको छ । 

प्रस्तावित ६ न्यायाधीशविरुद्ध १० वटा उजुरी परेको संसद् सचिवालयले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप