लेबीबापत राप्रपाले कमायो ८६ लाख, महाधिवेशनको खर्च अझै तिर्दै
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लेबीबापत चालु आर्थिक वर्षमा ८६ लाख ९ हजार रुपैयाँ आम्दानी गरेको छ । राप्रपाका कोषाध्यक्ष नीलकण्ठ काफ्लेले केन्द्रीय समिति बैठकमा पेस गरेको चालु आर्थिक वर्षको आय व्ययको विवरण अनुसार सांसद लेबीबापत पार्टीले २४ लाख १० हजार रुपैयाँ आम्दानी गरेको छ भने केन्द्रीय कार्य समिति लेबीबापत ८ लाख ५८ हजार रुपैयाँ आम्दानी गरेको छ । यस्तै मंसिरसम्म अर्को शीर्षकमा पनि लेबी ५३ लाख ४१ हजार लेबी प्राप्त हुनुपर्ने राप्रपाले जनाएको छ । जसअनुसार चालू आर्थिक वर्षमा सबै शीर्षकमा गरेर कुल १ करोड १२ लाख ७ हजार ३९२ रुपैयाँ ५८ पैसा आम्दानी भएको काफ्लेको प्रतिवेदनमा उल्लेख छ ।
बैंकका अब ३२ लाख ७७ हजार ८७२ रुपैयाँ ५८ पैसा नगद देखाएर ‘०८० सम्मको लेबी प्राप्त हुनुपर्ने आम्दानी ५३ लाख ४१ हजार रहको र सो चाहिँ माथिको आयमा समावेश गरिएको छैन’ भनेर काफ्लेको प्रतिवेदनमा उल्लेख छ ।

दुई वर्षअघि महाधिवेशन सम्पन्न गरेको राप्रपाले त्यतिबेलाको खर्चसमेत चालु आर्थिक वर्षमा तिरेको देखाइएको छ । चाबहिल घर जग्गाकर र महाधिवेशनको भुक्तानी गर्न बाँकी ४० लाख १० हजार रुपैयाँ चालु आर्थिक वर्षमा भुक्तानी गरिएको प्रतिवेदनमा उल्लेख छ । जुन महाधिवेशनमा लिङ्देन 'हेभी वेट' उम्मेदवार कमल थापालाई हराउँदै नेतृत्वमा पुगेका थिए ।
यस्तै सचिवालयको नाममा १४ लाख १९ हजार ५२० रुपैयाँ खर्च भएको छ भने निर्वाचनको बाँकी भुक्तानी पनि २५ लाख रुपैयाँ भएको छ । यस्तै अझै बैंकमा ३२ लाख ७७ हजार ८७२ रुपैयाँ ५८ पैसा नगद रहेको प्रतिवेदनमा उल्लेख छ ।
तर, राप्रपाको आर्थिक प्रतिवेदन अडिट भने नगरेको पाइएको छ । अडिट बिनाको प्रतिवेदन बैठकमा पेस गरेर झारा टार्ने कार्य भएको एक केन्द्रीय सदस्यले बताए । राप्रपाका कतिपय नेताहरूले आर्थिक पारदर्शितामा समेत जोड दिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
-
अर्जेन्टिनाले बनायो अग्रता
-
मेसीको सानदार पुनरागमन: २-० ले पछि परेको अर्जेन्टिना २-२ को बराबरीमा
-
सीआईबी पुगे गृहमन्त्री सुधन गुरुङ
-
अर्जेन्टिनाको कमब्याक प्रयास: रोमेरोले गोल गर्दै अन्तर घटाए
-
अर्जेन्टिनालाई अब खेलमा फर्किन कठिन, २ गोल खायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण