रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न आयोगको आग्रह
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ ।
आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा रूस र युक्रेन बिच भइरहेको युद्धका क्रममा नेपालीहरू विभिन्न गैरकानूनी बाटो प्रयोग गरी रूसी र युक्रेनी सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा परी केही नेपालीको मुत्यु भएको, केही घाइते भएका र अझै पनि सयौँको सङ्ख्यामा नेपालीहरू रूस र युक्रेन दुवैतर्फको सेनामा कार्यरत रहेको भनी प्राप्त जानकारीप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
‘युद्धमा परी मृत्यु भएकाहरूको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन, घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न, स्वदेश फर्कन चाहने नेपालीहरूलाई कुटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउन, मृतकका परिवार र घाइतेलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यस प्रकारको गैरकानूनी बाटोबाट वैदेशिक रोजगारमा जाने स्थितिको अन्त्य गरी नागरिकको जिउ धनको सुरक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ’, प्रवक्ता डा टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेपाली नागरिकहरू जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुन जाने आयोगको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण