सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो, पुस ४ गते निर्णय गरिने

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका ६ जनाको संसदीय सुनुवाइ सकिएको छ । गत शुक्रवारबाट सुरु भएको संसदीय सुनुवाइ सोमबार सकिएको हो ।
न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि उच्च अदालतका न्यायाधीशहरू सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गाना तथा कानुन व्यवसायीबाट सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो । सो सिफारिसमाथि संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिमा सुनुवाइ भएको थियो ।
संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी भएमा उजुरी दिन आव्हानसमेत गरेको थियो । समितिको सूचनाअनुसार प्रस्तावित न्यायाधीशमध्ये सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाविरुद्ध उजुरी परेको थियो भने महेश शर्मा पौडेल, सुनिल पोखरेल र बालकृष्ण ढकालविरुद्ध कुनै पनि उजुरी परेको थिएन ।
सोमबार संसदीय सुनुवाइ सकिएपछि बुधवार बिहान ११ बजे प्रस्तावित न्यायाधीशका सम्बन्धमा निर्णय गरिने संसदीय सुनुवाइ समितिले जानकारी दिएको छ । उनीहरूको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा राष्ट्रपतिबाट शपथ लिई सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज गर्न पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौरीगंगा र आयोजक जनहितबिच उपाधि भिडन्त
-
सेनामा तेस्रो लिङ्गीहरूलाई प्रतिबन्ध लगाउन अमेरिकी सर्वोच्च अदालतले ट्रम्पलाई दियो अनुमति
-
गुगलमाथि अमेरिकाको लगाम
-
वडाध्यक्षले कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि पोखरामा तनाव
-
साविक विजेता सैनिक महाविद्यालयले क्रिएटिभ स्कुललाई हरायो
-
‘जार’ प्रिमियरमा डा.बाबुराम भट्टराईदेखि मनीषासम्म, कसले के भने ?