गणेश नेपालीको अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङ वीर अस्पतालमा
सारांश
- गृहमन्त्री सुधन गुरुङले राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन वीर अस्पताल पुगेका छन्।
- गणेश नेपालीले चलाएको मोटरसाइकलमा काठमाडौं महानगर प्रहरी बलले 'ह्वील लक' लगाएपछि विवाद हुँदा उनले शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए।
- प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गृहमन्त्री सुधन गुरुङ बिहीबार राति वीर अस्पताल पुगेका छन्।
त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेटमा बिहीबार दिउँसो आत्मदाह प्रयास गरेका गणेशको उपचार वीर अस्पतालमा भइरहेको छ। घटनापछि गृहमन्त्री गुरुङले अस्पताल पुगेर उपचारमा संलग्न चिकित्सकसँग उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
प्रारम्भिक अनुसन्धानअनुसार राइड सेयरिङ एपमार्फत सेवा दिँदै आएका मुगुको सोरु गाउँपालिका–६ घर भई हाल भक्तपुर बस्दै आएका गणेश नेपालीले चलाएको बा.प्र.०२–०६४ प ३२५० नम्बरको मोटरसाइकलमा काठमाडौं महानगर प्रहरी बलले ‘ह्वील लक’ लगाएपछि विवाद भएको थियो।
अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार गणेशले सडकभन्दा बाहिर मोटरसाइकल राख्दा पनि किन ‘ह्वील लक’ लगाइएको भन्दै प्रश्न गरेका थिए। महानगर प्रहरीसँग विवाद चर्किएपछि उनले मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएका थिए।
घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसमा गणेश र ड्युटीमा खटिएकी महिला नगर प्रहरीबीच ‘ह्वील लक’ हटाउने विषयमा भनाभन भएको देखिन्छ। महानगर प्रहरीले जरिवाना बुझाएपछि मात्र ‘ह्वील लक’ खोलिने अडान लिएको थियो।
गणेश बिहीबार बिहान बालाजुस्थित दाइको डेराबाट राइड गर्न निस्किएका थिए। परिवारका अनुसार उनी पत्नी र छोरासहित भक्तपुरमा बस्दै आएका छन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ मिनेटको अन्तरमा फ्रान्सको दुई गोल, चम्किए एम्बाप्पे र डेम्बेले
-
एम्बाप्पेको सानदार गोल, फ्रान्सलाई १–० को अग्रता
-
खुलेन गोलको खाता, पहिलो हाफमा मोरोक्कोविरुद्ध अग्रता लिन चुक्यो फ्रान्स
-
एम्बाप्पेले गरे पेनाल्टी मिस
-
त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी
-
फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण