हिउँदे अधिवेशन बोलाउनेबारे प्रधानमन्त्रीले संसद्मा रहेका दलहरुसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको हिउँदे अधिवेशन आह्वानका लागि संसदमा रहेका दलहरुसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले संसदको हिँउदे अधिवेशन आह्वानका लागि छिट्टै प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलसहित संसदका रहेका सबै दलसँग परामर्श गर्ने जानकारी दिए ।
‘संसदको अधिवेशन बोलाउनेबारे संसदमा भएका दलहरुसँग प्रधानमन्त्रीले छलफल गर्नुहुन्छ । प्रमुख प्रतिवक्षी दलको नेता अभियानमा हुनुहुन्थ्यो । अब अभियान सकिएकाले सबैसँग छलफल हुन्छ’, उनले भने, ‘दलहरुसँग छलफल गरेर अधिवेशन बोलाउनुहुन्छ ।’
संसद्को हिउँदे अधिवेशन जतिसक्दो चाँडो बोलाएर महत्त्वपूर्ण विधेयकहरु अघि बढाउनुपर्ने प्रधानमन्त्री प्रचण्डले धारणा राख्दै आएका छन् ।
यसबारे प्रधानमन्त्रीले सभामुखका साथै सत्तारुढ तीन दलका शीर्ष नेताहरुसँग पनि छलफल गरिसकेका छन् । दुवै छलफलमा प्रधानमन्त्री प्रचण्डले जतिसक्दो छिटो संसद्को हिउँदे अधिवेशन बोलाएर महत्त्वपूर्ण विधेयकहरु अघि बढाउनुपर्नेमा जोड दिएको बताइएको छ ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड टीआरसी, संघीय निजामती सेवा ऐन, संघीय प्रहरी ऐन लगायतका विधेयक चाँडो संसदबाट अनुमोदन गराउन चाहन्छन् । संविधान अनुसार संघीयता कार्यान्वयनका लागि आवश्यक विधेयकहरु संघ सरकारले अघि नबढाएको भन्दै प्रदेश सरकारले समेत संघ सरकारमाथि लगातार दबाब दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कुष्ठरोग उन्मुलन भइसकेको छैन : प्रधानमन्त्री
-
धोनीको नामसँग जोडियो रमाइलो शतक, भन्छन् ‘तत्काल सन्न्यास लिने योजना छैन’
-
‘अनम्याथ म्याथ टक’ कार्यक्रम हुँदै
-
नेपालयको दुई दिने पुस्तक मेलामा ६० प्रतिशतसम्म छुट दिने
-
आयोग पदाधिकारीका लागि सर्च कमिटीमा धमाधम अन्तर्वार्ता, पहिलो दिन ११ जनाको सकियो
-
जसपा नेपाल : चार जिल्ला समितिको अधिवेशन कार्यतालिका सार्वजनिक