हिउँदे अधिवेशन बोलाउनेबारे प्रधानमन्त्रीले संसद्मा रहेका दलहरुसँग छलफल गर्ने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको हिउँदे अधिवेशन आह्वानका लागि संसदमा रहेका दलहरुसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले संसदको हिँउदे अधिवेशन आह्वानका लागि छिट्टै प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलसहित संसदका रहेका सबै दलसँग परामर्श गर्ने जानकारी दिए ।
‘संसदको अधिवेशन बोलाउनेबारे संसदमा भएका दलहरुसँग प्रधानमन्त्रीले छलफल गर्नुहुन्छ । प्रमुख प्रतिवक्षी दलको नेता अभियानमा हुनुहुन्थ्यो । अब अभियान सकिएकाले सबैसँग छलफल हुन्छ’, उनले भने, ‘दलहरुसँग छलफल गरेर अधिवेशन बोलाउनुहुन्छ ।’
संसद्को हिउँदे अधिवेशन जतिसक्दो चाँडो बोलाएर महत्त्वपूर्ण विधेयकहरु अघि बढाउनुपर्ने प्रधानमन्त्री प्रचण्डले धारणा राख्दै आएका छन् ।
यसबारे प्रधानमन्त्रीले सभामुखका साथै सत्तारुढ तीन दलका शीर्ष नेताहरुसँग पनि छलफल गरिसकेका छन् । दुवै छलफलमा प्रधानमन्त्री प्रचण्डले जतिसक्दो छिटो संसद्को हिउँदे अधिवेशन बोलाएर महत्त्वपूर्ण विधेयकहरु अघि बढाउनुपर्नेमा जोड दिएको बताइएको छ ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड टीआरसी, संघीय निजामती सेवा ऐन, संघीय प्रहरी ऐन लगायतका विधेयक चाँडो संसदबाट अनुमोदन गराउन चाहन्छन् । संविधान अनुसार संघीयता कार्यान्वयनका लागि आवश्यक विधेयकहरु संघ सरकारले अघि नबढाएको भन्दै प्रदेश सरकारले समेत संघ सरकारमाथि लगातार दबाब दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण