शिवम् सिमेन्टले गर्यो १५ प्रतिशत लाभांश घोषणा
मङ्गलबार, ०३ पुस २०८०, १३ : १८
काठमाडौं । शिवम् सिमेन्टले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको १३३औँ बैठकले लगानीकर्तालाई १५ प्रतिशत लभांशको प्रस्ताव गरेको हो ।
कम्पनीले चुक्ता पुँजी ४ अर्ब ४० करोडको १४.२५ प्रतिशत बोनस सेयर दिने छ । १४.२५ प्रतिशतका दरले ६२ करोड ७० लाख रुपैयाँ बराबरको बोनस सेयर दिने छ । यस्तै, चुक्ता पुँजीको ०.७५ प्रतिशतका दरले हुने ३ करोड ३० लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
यस्तै, शिवम् सिमेन्टले यही पुस २७ गतेलाई वार्षिक साधारण सभा समेत बोलाएको छ । यसका लागि कम्पनीले यही पुस १९ गते ‘बुक क्लोज’ गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण