बागमतीका १० अस्पताल स्तरोन्नति गर्ने सरकारको निर्णय
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशका १० अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । मंगलबार बसको मन्त्रीपरिषद् बैठकले प्रदेश सरकार मातहत रहेका १० वटा अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो ।
जसअनुसार प्रदेश राजधानी हेटौँडाको हेटौँडा अस्पताललाई स्तरोन्नति गरी ३०० शय्या क्षमतामा विकास गर्ने निर्णय भएको छ भने भक्तपुरको भक्तपुर अस्पताललाई ३०० शय्या बनाउने निर्णय भएको छ । यसअघि ती दुवै अस्पतालहरू १०० शय्या क्षमतामा सञ्चालन हुँदै आएका थिए ।
बैठकले धादिङको धादिङ अस्पताल, नुवाकोटको त्रिसुली अस्पताल, सिन्धुलीको सिन्धुली अस्पताल, चितवनको रत्ननगर बकुलहर अस्पताललाई १०० शय्या बनाउने निर्णय गरेको छ ।
त्यस्तै बैठकले सिन्धुपाल्चोकको सिन्धुपाल्चोक अस्पताल, रामेछापको रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाई स्मृति अस्पताल र काभ्रेको मेथिनकोट अस्पताललाई ५० शय्या बनाउने निर्णय गरेको हो ।
मन्त्रीपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरुका लागि १ हजार ६६९ जना प्राविधिक र प्रशासनिक कर्मचारी सङ्गठन संरचना स्वीकृत गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण