बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय
संसदीय सुनुवाइ समिति बैठक

सर्वोच्चका लागि प्रस्तावित ६ न्यायाधीश सर्वसम्मतिले अनुमोदित

बुधबार, ०४ पुस २०८०, १२ : २०
बुधबार, ०४ पुस २०८०

काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशहरू सर्वसम्मतिले अनुमोदित भएका छन् ।  बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल, बालकृष्ण ढकाल र महेश शर्मा पौडेललाई समितिले सर्वसम्मतिले अनुमोदन गरेको हो। 

गत मङ्सिर २४ गतेदेखि सुनुवाइ भएका उनीहरू सर्वसम्मतिले अनुमोदन भएको समिति सभापति पशुपतिशमशेर राणाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप