शाहरुख पत्नीलाई ईडीको नोटिसः के हो वास्तविकता ?
नयाँ दिल्ली । शाहरुख खानकी श्रीमती गौरी खानलाई इन्फोर्समेन्ट डायरेक्टरेट (प्रवर्तन निदेशालय–ईडी)ले नोटिस पठाएको खबरले हालै मात्रै इन्टरनेटमा सनसनी मच्चाएको थियो । गौरीमाथि ३० करोड भारु अपचलनको मामिलामा मुछिएको एउटा रियल इस्टेट कम्पनीलाई एन्डोर्स गरेको आरोप लागेको खबरहरु आइरहेका थिए । तर गौरीलाई ईडीले नोटिस पठाएको कुरा झुटो भएको खुलासा भएको छ । ईडी आफैंले यो कुराको पूष्टि गरेको छ ।
गौरी खान विरुद्ध आफूहरूले कुनै पनि नोटिस जारी नगरेको ईडीको भनाई छ । नोटिस जारी गर्न अनुमति लिने लगायत तयारी पनि नभएको बताइएको छ । गौरीविरुद्ध कारबाहीको कुनै तयारी नभएको ईडीले बताएको छ । गौरी खान सेलिब्रेटी इन्टेरियर डिजाइनर हुन् ।
शाहरुख खानको प्रडक्शन हाउस रेड चिलिज इन्टरटेनमेन्टमा पनि उनको संलग्नता छ । हालै मात्रै गौरीलाई ईडी अफिसले नोटिस पठाउने अनुमति लिने तयारी भइरहेको भन्दै समाचार आएको थियो । तुलसियानी गु्रपमा ब्रान्ड एम्बेसडर बन्न गौरीलाई कति पैसा दिइएको छ भन्नेबारे सोधपुछ हुने बताइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण