आईपीएल अक्सनमा पञ्जाबले झुक्किएर गलत खेलाडी किनेपछि...
काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन (खेलाडी खरिद प्रक्रिया) मंगलबार दुबईमा सम्पन्न भएको छ । आगामी आईपीएलमा सहभागी १० वटै क्लबले अक्सनमार्फत खेलाडी खरिद गरेका छन् ।
अक्सनमा पञ्जाब किङ्सले भारतका खेलाडी सशांक सिंहलाई खरिद गर्यो । उनलाई पञ्जाबले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो । तर, पञ्जाबका एक पदाधिकारीले भने आफूहरुले बाध्यतावस सशांकलाई खरिद गर्नुपरेको बताएका छन् ।
पञ्जब किङ्सको मालिकमध्येका एक नेश वाडियाले आफूहरुले झुक्किएर सशांक सिंहलाई खरिद गरेको प्रतिक्रिया दिएका छन् । ‘अक्सनका क्रममा सशांकको नाम घोषणा हुँदा झुक्किएर झण्डा माथि उठ्यो । खासमा हामी सशांकलाई खरिद गर्ने पक्षमा थिएनौँ । तत्कालै हामीले त्यो कुरा अक्सनकर्तालाई पनि बतायौं । तर, अक्सनकर्ता मल्लिका सागरले हाम्रो कुरा सुनिनन्,’ उनले भनेका छन् ।
खासमा अक्सनका क्रममा पञ्जाब नयाँ खेलाडीहरु किन्ने धुनमा थियो । सोही क्रममा पञ्जाबले आसुतोष शर्मा र विश्वनाथ सिंहलाई २०–२० लाख भारतीय रुपैयाँमा किनेको थियो । त्यसलगत्तै सशांकको पालो आयो ।
अक्सनकर्ताले सशांकको नाम घोषणा गरेपछि पञ्जाबको मालिकमध्येकी एक अभिनेत्री प्रिती जिन्टाले झण्डा माथि उठाइन् । यसको अर्थ थियो, पञ्जाब सशांकलाई किन्न चाहन्छ । सशांकको न्युनतम मूल्य २० लाख भारतीय रुपैयाँ तोकिएको थियो ।
तर, अन्य क्लबहरुले सशांकका लागि त्योभन्दा बढीको बोली लगाएनन् । अक्सनकर्ता मल्लिकाले सशांकलाई पञ्जाबले किनेको घोषणा गरिन् । त्यसपछि अक्सनकर्ताले अर्का नयाँ खेलाडी तनय त्यागराजनको नाम घोषणा गरियो ।
हो, समस्या यहीँबाट सुरु भयो । अलराउन्डर त्यागराजनको नाम घोषणा भएपछि क्यामराम्यान पञ्जाबको टेबलमा फोकस भयो । पञ्जाबको टेबलमा अन्यौलको अवस्था देखिन्थ्यो । पञ्जाबको मालिकमध्येका एक नेस वाडिया, प्रमुख प्रशिक्षक ट्रेभर बेलिस पनि अन्यौलकै अवस्थामा देखिन्थे ।
नेस वाडिया र प्रिती जिन्टाले हात उठाएर अक्सनकर्ताको ध्यान आफूतर्फ तान्न खोजिरहेका थिए । त्यसपछि अक्सनकर्ता मल्लिकाले पञ्जाबका पदाधिकारीलाई एकपछि अर्को प्रश्नको वर्षा गरिन्, ‘के भन्नुभयो ? गलत खेलाडी प¥यो रे ? तपाईँ यो खेलाडीलाई किन्न चाहनुहुन्न रे ?’
त्यसको जवाफमा पञ्जाबका मालिक वाडियाले आफूहरुले सशांकलाई खरिद गर्न नचाहेको र भुलवस खरिद गरेको जवाफ फर्काए । तर, अक्सनकर्ता मल्लिकाले अक्सन अगाडि बढिसकेकाले अब कुनै सुनुवाइ हुन नसक्ने जानकारी गराइन् । त्यसपछि पञ्जाबसँग सशांकलाई स्वीकार्नुको कुनै विकल्प बाँकी रहेन ।
खासमा अक्सनमा सशांक सिंह नाम गरेका दुईजना खेलाडी सहभागी भएका थिए । अर्का सशांक सिंह १९ वर्षीय बलर हुन् । दुबै सशांक सिंहको न्युनतम मूल्य पनि समान २० लाख भारतीय रुपैयाँ राखिएको थियो । सोही कारणले अक्सनमा पञ्जाबका पदाधिकारी झुक्किएको हुनसक्ने समाचारमा जनाइएको छ ।
पञ्जाबले झुक्किएर खरिद गरेको सशांक सिंह भने ३२ वर्षीय अलराउन्डर खेलाडी हुन् । उनी ब्याटिङ अलराउन्डर हुन् । उनले यसअघि दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादमा पनि आबद्ध भएका थिए ।
तर, उनले आईपीएलको अघिल्लो संस्करणमा मात्र ‘डेब्यू’ खेल खेलेका थिए । अघिल्लो संस्करणको आईपीएलमा उनले हैदराबादबाट १० वटा खेल खेलेका थिए । त्यतिबेला उनले खासै गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । सोही कारणले उनलाई हैदराबादले रिलिज गरेको थियो ।
यसपटक अक्सनका क्रममा पञ्जाबमात्र होइन, दिल्ली क्यापिटल्सले पनि झुक्किएर गलत खेलाडी खरिद गरेको समाचारमा जनाइएको छ । अक्सनमा दिल्लीले सुमित कुमारलाई खरिद गर्न चाहेको थियो । तर, दुई खेलाडीको नाम एउटै परेपछि झुक्किएर दिल्लीले सुमित वर्मालाई खरिद ग¥यो ।
तर, तत्कालै सौरभ गांगुली र रिकी पोन्टिङले तत्कालै आफ्नो गल्तीको बारेमा अक्सनकर्तालाई जानकारी गराए । त्यसपछि दिल्लीले पुनः सुमित वर्माको स्थानमा सुमित कुमारलाई खरिद ग¥यो । २० लाख रुपैयाँ न्युनतम मूल्य राखिएको सुमित कुमारलाई दिल्लीले एक करोड भारतीय रुपैयाँमा खरिद गरेको हो । सुमित वर्मा भने अक्सनमा बिक्री भएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुन्तीदेवी फाउन्डेसनको लैंगिक हिंसा न्यूनीकरण विषयक सचेतना कार्यक्रम सम्पन्न
-
गायिका लक्ष्मीले ल्याइन् 'हे गोरी'
-
अर्थतन्त्रका समस्या समाधान गरी मुलुकलाई चलायमान बनाउँछौँ : अर्थमन्त्री पौडेल
-
मधेस सरकारको नेतृत्व गरेको जनमत पार्टी मधेसमै देखियो कमजोर
-
‘सूचनाको हक प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहलाई जिम्मेवार बनाउनुपर्छ’
-
ललितपुर महानगरले स्वास्थ्य क्षेत्रमा सबैले सिक्न योग्य काम गर्नुपर्छ : चिरीबाबु महर्जन