बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्त्वपूर्ण : अर्थमन्त्री महत

बुधबार, ०४ पुस २०८०, १४ : ४९
बुधबार, ०४ पुस २०८०

उदयपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्त्वपूर्ण भएको बताएका छन् । 

उद्योगले प्रयोगमा ल्याएको खानी निरीक्षण गर्दै मन्त्री डा. महतले यो महत्त्वपूर्ण उद्योग सञ्चालनमा आएका समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताए । सामूहिक प्रयासबाट मात्र उद्योग पुनः सञ्चालनको सम्भावना रहेको निरीक्षणका क्रममा मन्त्री डा. महतले बताएका हुन् ।

उनले भने, ‘सरकारले अनुदान दिएर मात्र समाधान निस्कँदैन । व्यवस्थापन सुध्रिनुपर्‍यो । श्रमिकले जिम्मेवारी बोध गर्नुपर्‍यो । कसले जिम्मेवारी बोध नगर्दा यो अवस्था सिर्जना भयो । यसको हामी सबैले मूल्यांकन र विश्लेषण गरौँ ।’ उनले निजी क्षेत्रले आफैँले जमिन किनेर उद्योग सञ्चालन गरेर पनि नाफा कमाउने गरेको बताए । यस्तै, ऋण लिएर मेसिन समेन किन्नेगरेको उनको भनाई छ ।

‘उदयपुर सिमेन्ट कारखाना जापान सरकारले सहयोग गरेको हो । त्यसबेला ४४ करोड लगानी भएको छ । अहिले पनि एक अर्ब रुपैयाँको साउब्याज केही तिर्नुपर्दैन, तिरेको पनि छैन । सञ्चालन खर्चको दायित्व पूरा गरे पुग्छ । तर सञ्चालन खर्चको दायित्व पनि पूर्ति गर्न सकेको छैन । अहिले ७५ करोड रुपैयाँको दायित्व देखिन्छ,’ मन्त्री डा. महतले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप