वैज्ञानिकहरुले पृथ्वीभन्दा १ करोड ९० लाख माइल परबाट भिडियोको प्रसारण गरे
वाशिङटन डीसी । वैज्ञानिकहरुले अन्तरिक्षको अहिलेसम्मकै टाढाको दूरीबाट भिडियो प्रसारण गरेका छन् । पृथ्वीभन्दा झन्डै १ करोड ९० लाख माइल परबाट ट्याटर्स नाम गरेको एउटा बिरालोको भिडियो प्रसारण गरिएको थियो ।
प्रसारित भिडियोको गुणस्तर हेर्न भनेर क्यालिफोनिर्याको पासादेनास्थित जेट प्रोपल्सन ल्याबमा अमेरिकी अन्तरिक्ष अन्वेषण संस्था नासाका इञ्जिनियरहरूको घुइँचो लागेको थियो । चन्द्रमा भन्दा ८० गुणा परको दूरीबाट प्रसारण गरिएको सो भिडियोको स्तर अपेक्षा गरिएअनुसारकै थियो । प्रतिसेकेन्ड २६७ मेगाबिट्सका दरले डेटा ट्रान्सफर भएको थियो ।
अहिले नासाका वैज्ञानिकहरु पृथ्वीको अक्षबाहिर सञ्चार पूर्वाधार सुधारको प्रयासमा छन् । यो परीक्षण नासाको डिप स्पेस अप्टिकल कम्युनिकेशन परीक्षणको हिस्सा थियो । मानिसहरु मंगल ग्रहसम्म पुग्न सके भने त्यहाँबाट पृथ्वीसम्म ठूलो मात्रामा डेटा ट्रान्सफर गर्नुपर्ने हुन्छ । पछिल्लो परीक्षण त्यस्तो ट्रान्सफर सम्भाव्य बनाउनेतर्फ अर्को कदम भएको बताइएको छ । भिडियोलाई फ्लाइट लेजर ट्रान्सिभर प्रयोग गरेर प्रसारण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण