आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल नगरपालिका संघले राष्ट्रिय सहरी सरसफाइ सम्मेलन २०२३ आयोजना गर्दै

बुधबार, ०४ पुस २०८०, २० : १३
बुधबार, ०४ पुस २०८०

काठमाडौँ । नेपाल नगरपालिका संघले राष्ट्रिय सहरी सरसफाइ सम्मेलन २०२३ आयोजना गर्ने भएको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघले यस्तो बताएको हो । 

नेपाल नगरपालिका संघले सहरी वातावरण अन्तर्गत खानेपानी, सरसफाइ र स्वच्छताका विषयहरुमा तीन तहका सरकारबिच समन्वय र नीतिगत पैरवी गर्नका सम्मेलन गर्न लागेको जनाएको छ । 

खानेपानी सरसफाइ र स्वच्छता हामी सबैको साझा विषय भएकाले सबैले साथ र सहयोग गर्नुपर्ने नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले बताए । सम्मेलन एकदिन चल्ने पनि अध्यक्ष ढुंगानाले बताए ।

उनले दिगो विकास लक्ष्य हासिल गर्न समेत टेवा पुग्नेगरी सम्मेलन आयोजना गर्न लागिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप