स्पेनिस ला लिगा : बार्सिलोना तेस्रो स्थानमा उक्लियो
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । बुधवार राति भएको खेलमा बार्सिलोनाले अलमेरियालाई ३–२ गोलको कठिन अन्तरले पराजित गरेको हो ।
बार्सिलोना जितसँगै १८ खेलबाट ३८ अंक बनाउँदै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित भएको अल्मेरिया भने पुछारमा रहेको छ । ला लिगामा जिरोना ४४ अंकका साथ शीर्ष स्थानमा रहँदा रियल मड्रिड ४२ अंकका साथ दोस्रो स्थानमा छ । शीर्ष दुवै टिमले बार्सिलोनाभन्दा १ खेल कम खेलेका छन् ।
बार्सिलोनाले घरेलु मैदानमा ३३ औं मिनेटमा अग्रता बनाएको थियो । राफिनाले गोल गर्दै अग्रता दिलाएका थिए । तर, ४१ औं मिनेटमा अल्मेरियाका लियोनार्दो कारिचोले गोल गरेपछि खेल एक एकको बराबरीमा आएको थियो । पहिलो हाफ एक एक गोलको बराबरीमा सकियो ।
६० औं मिनेटमा बार्सिलोनाका लागि सर्जि रोबर्टोले गोल गर्दै अग्रता २–१ बनाए । ७७ औं मिनेटमा अल्मेरियाका लागि एडगर गोन्जालेजले गोल गरेपछि २–२ को रोमाञ्चक बराबरीमा आयो ।
निर्धारित समय सकिन ७ मिनेट बाँकी रहेका बेला सर्जिले गोल गरेपछि बार्सिलोना ३–२ को अग्रता लिन सफल भयो । त्यसपछि थप गोल नभएपछि बार्सिलोना ३–२ को नतिजाका साथ तालिकामा स्पष्ट ३ अंक थप्न सफल भयो ।
ला लिगा अन्तर्गत नै, भिल्ला रियलले सेल्टाभिगोलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । जितसँगै भिल्लारियल १९ अंकका साथ तालिकाको १३ औं स्थानमा रहेको छ भने पराजित भएको सेल्टाभिगो पुछारबाट तेस्रो स्थानमा रहेको छ ।
यस्तै, एथ्लेटिको बिलबाओले लस पालमसलाई १–० गोलको अन्तरले पराजित गरेको छ । उक्त गोल दोस्रो हाफको अतिरिक्त चौथो मिनेटमा आएको थियो । जितसँगै एथ्लेटिको बिलबाओ तालिकाको पाँचौं स्थानमा रहेको छ भने लस पालमस नवौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण