आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु हेलिकप्टरले सर्वसाधारणमा शेयर जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

बिहीबार, ०५ पुस २०८०, ०९ : १४
बिहीबार, ०५ पुस २०८०

काठमाडौँ । प्रभु हेलिकप्टर लिमिटेडद्वारा साधारण शेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । बुधबार आयोजित एक कार्यक्रममा प्रभु हेलिकप्टरको तर्फबाट प्रबन्ध सञ्चालक सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्र ध्वजजोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

रु.६ करोड ६० लाख शेयर पुँजी बराबरको रु. सय अंकित दरको ६,६०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरूलाई विक्री गर्ने प्रभु हेलिकप्टर नेपालको पूँजीबजारमा पहिलो हेलिकप्टर कम्पनी हुने कम्पनीले जनाएको छ । यस कम्पनी पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा सन् २००९ मा स्थापना भएको हो । हाल यस कम्पनीले विश्वको प्रख्यात एअरबस कम्पनीद्वारा निर्मित एयरबस एच आइ २५ र अमेरिका तथा अन्य विश्वमा अति विश्वसनीय कम्पनी रोविन्सन हेलिकोप्टर कम्पनीद्वारा निर्मित रोबिन्सन आर ६६ जस्ता नयाँ ब्रान्डेड हेलिकप्टरहरूद्वारा गुणस्तरीय र सुरक्षित हवाई सेवा प्रदान गरिरहेको छ ।

कोभिड–१९ माहामारीपछि, पर्यटन क्षेत्रमा सुधार देखिएकोले वायु सेवामा तीव्र गतिको माग भएकोले यस कम्पनीले पर्यटन क्षेत्रमा थप सेवाहरूको लागि बढ्दो आवश्यकता पूरा गर्न आगामी वर्षमा थप २ वटा नयाँ हेलिकप्टर सञ्चालनमा ल्याउने योजना राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप