‘सङ्घीय सरकारले कानुन नबनाइदिएपछि अप्ठेरोमा प्रदेश’
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले सङ्घीय सरकारले कानुन नबनाइदिएका कारण प्रदेश सरकार अप्ठेरोमा परेको बताएका छन् ।
आयोगको सभा हलमा आयोजित कार्यक्रममा उनले प्रदेश खारेज गर्नुभन्दा पनि सङ्घीय सरकारले फटाफट कानुन बनाएर मार्ग प्रशस्त गर्नुपर्ने बताए । ‘अहिले प्रदेशले काम गरेनन्, किन गरेनन् त ? त्यहाँनेर प्रश्न छ। कानुन बनाइदिएको छैन, जनशक्ति दिएको छैन,’ श्रेष्ठले भने ।
सुरुमा फर्मुला बनाउँदा बजेटको कम्तीमा पनि ४० प्रतिशत तल जानुपर्छ भनेर बनाएका उनको भनाइ छ । तर अहिले २८÷२९ प्रतिशत भन्दा बढी नगएको उनको भनाइ छ । कानुन र जनशक्ति अभावमै बजेट अनुसार प्रदेशले खर्च गर्न नसकेको जानकारी श्रेष्ठले दिए । उनले प्रतिप्रश्न गरे,‘ संघले गरेको गल्ती प्रदेश र स्थानीय तहलाई दिन मिल्छ ? त्यो प्रदेश प्रति अन्याय हुन्छ । तीन तहको सरकारमध्ये सबैभन्दा बढी राजनैतिक स्थितर स्थानीय तहमै देखिन्छ, अस्थिरता संघ र प्रदेशमा छ । त्यसकारण राजनैतिक स्थिरता ल्याउनुपर्ने देखिन्छ ।’ उनले तीन तह मध्ये एउटा तह नहटाई अहिलेको व्यवस्था नै परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण