‘सङ्घीय सरकारले कानुन नबनाइदिएपछि अप्ठेरोमा प्रदेश’

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले सङ्घीय सरकारले कानुन नबनाइदिएका कारण प्रदेश सरकार अप्ठेरोमा परेको बताएका छन् ।
आयोगको सभा हलमा आयोजित कार्यक्रममा उनले प्रदेश खारेज गर्नुभन्दा पनि सङ्घीय सरकारले फटाफट कानुन बनाएर मार्ग प्रशस्त गर्नुपर्ने बताए । ‘अहिले प्रदेशले काम गरेनन्, किन गरेनन् त ? त्यहाँनेर प्रश्न छ। कानुन बनाइदिएको छैन, जनशक्ति दिएको छैन,’ श्रेष्ठले भने ।
सुरुमा फर्मुला बनाउँदा बजेटको कम्तीमा पनि ४० प्रतिशत तल जानुपर्छ भनेर बनाएका उनको भनाइ छ । तर अहिले २८÷२९ प्रतिशत भन्दा बढी नगएको उनको भनाइ छ । कानुन र जनशक्ति अभावमै बजेट अनुसार प्रदेशले खर्च गर्न नसकेको जानकारी श्रेष्ठले दिए । उनले प्रतिप्रश्न गरे,‘ संघले गरेको गल्ती प्रदेश र स्थानीय तहलाई दिन मिल्छ ? त्यो प्रदेश प्रति अन्याय हुन्छ । तीन तहको सरकारमध्ये सबैभन्दा बढी राजनैतिक स्थितर स्थानीय तहमै देखिन्छ, अस्थिरता संघ र प्रदेशमा छ । त्यसकारण राजनैतिक स्थिरता ल्याउनुपर्ने देखिन्छ ।’ उनले तीन तह मध्ये एउटा तह नहटाई अहिलेको व्यवस्था नै परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र मन्त्रालयको सवारी मर्मतमा पाँच करोड ३२ लाख र इन्धनमा ५ करोड ३३ लाख खर्च
-
डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक
-
हेरा फेरी-३ बाट बाहिरिए ‘बाबु राव’
-
बलात्कार मुद्दामा फसेका अभिनेता एजाज खानको समस्या बढ्यो, अग्रिम जमानत अस्वीकार
-
‘मैले पढेका अचम्मै सुन्दर किताबमध्ये ‘म्यान्स सर्च फर मिनिङ’ एक नम्बरमा पर्न गयो’
-
वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट