कांग्रेसमा एकता र सहिष्णुता चाहिएको छ : प्रवक्ता महत
जनकपुर । नेपाली कांग्रेस प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले पार्टीमा एकता र सहिष्णुताको आवश्यकता औँल्याएका छन् ।
नेपाली कांग्रेस मधेस प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रममा उनले मधेसमा कांग्रेस बलियो हुँदा मात्र देशमै नेपाली कांग्रेस बलियो हुने बताए । ‘त्यसका लागि पार्टीमा एकताको आवश्यकता छ । पार्टीमा छलफल र सहिष्णुता चाहिएको छ’, उनले भने । पार्टीमा सबै पुस्ताको एकीकृत भएर पार्टी बलियो बनाउनुपर्ने बताए ।
नेपाली कांग्रेसले मात्र सामाजिक र आर्थिक विकास गर्न सक्ने उनले बताए । ‘मधेसीवादीले कुनैपनि कुरा स्थापित गर्न सक्दैनन् । नागरिकको निवास दिएको छ,’ उनले भने । अर्थमन्त्री महतले अर्थतन्त्र सुधारमा आएको भन्दै विकासले गति लिने बताए । मधेस प्रदेशमा सिचाइ, बाटो र खानेपानीको समस्या सरकारले समाधान गर्ने अर्थमन्त्री महतले बताए ।
संविधानले संघीयताका मर्म अनुसार दिएको अधिकार चाँडै कार्यान्वयनमा जाने उनको भनाई छ । यस्तै प्रदेश र स्थानीय तहको सरकारले पनि काम गरेर कांग्रेसको पक्षमा महोल बनाउनुपर्ने महतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण