कांग्रेस सांसद राणाको आरोपप्रति क्यान महानिर्देशकको असहमति
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले काँग्रेस सांसद उदय समशेर राणाले इयुको रिपोर्टका विषयमा झुटो बोलेको भन्ने आरोपप्रति असहमति जनाएका छन् ।
बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै कांग्रेस सांसद राणाले युरोपियन युनियनको रिपोर्टका विषयमा अधिकारीले झुटो बोलेको अरोप लगाएपछि महानिर्देशक अधिकारले आरोपमाथि असहमति प्रकट गरेका हुन् ।
महानिर्देशक अधिकारीले युरोपियन युनियनले पठाएको सेफ्टी रिपोर्ट आफूले हुबहु पढेको भन्दै झुटो बोलेको आरोपप्रति आफ्नो भद्र असहमति रहेको बताए । उनले युरोपियन युनियनले नेपाल वायुसेवा निगममै फोकस भएर अडिट गरी निगमको कमजोरी रिपोर्टमा स्पष्ट रुपमा औंल्याएको दाबी गरे ।
उनले आफूले कानूनले तोकेको जिम्मेवारीअनुसार काम गर्दै आएको भन्दै कानून ठिक छैन भनेर आफूले कसरी भन्ने ? भन्दै प्रश्न गरे । उनले युरोपियन युनियनको सेफ्टी रिपोर्टको कालोसूचिबाट मुक्त हुँदा नेपाल एयरलाइन्सको वाइडबडी जहाज नै युरोप जाने भन्दै अन्य कुनैपनि एयरलाइन्स नजाने बताए । उनले नेपाल एयरलाइन्सको जहाज नै युरोप जाने भएको कारणले नेपाल एयरलान्समा नै केन्द्रित भएको बताए ।
बैठकमा सांसद राणाले क्यान,नेपाल एयरलाइन्स र मन्त्रीको फरक कुराले अलमलमा परेको बताएका थिए । उनले क्यानका महानिर्देशकले समितिलाई भनेको कुरा र रिपोर्टमा भनेको कुरा फरक रहेको बताए ।
त्यस्तै बैठकमा बोल्दै नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले आईकाओको कालोसूचिबाट हट्न मात्रै नभएर नियमनकारी निकाय क्यानको नियमअनुसार जहाजहरु उडान गरिहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण