जनसङ्ख्या र भूगोलको आधारमा विकास हुनुपर्छ : मन्त्री यादव
काठमाडौँ । खानेपानी तथा सरसफाइमन्त्री महिन्द्रराय यादवले जनसङ्ख्या र भूगोलको आधारमा विकास हुनुपर्ने बताएका छन् । नेपाल नगरपालिका सङ्घद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय सहरी सरसफाइ सम्मेलन–२०२३’ मा उनले जनसङ्ख्याका आधारमा स्थानीय तहमा बजेट विनियोजन गरिनुपर्नेमा जोड दिए ।
“स्थानीय तहमा विकासको बजेट समुचितरुपमा विनियोजन हुनुपर्छ । जनसङ्ख्याका आधारमा स्थानीय तहमार्फत बजेट विनियोजन भए प्रभावकारी कार्यसम्पादन हुन्छ”, मन्त्री यादवले भने । सरकारले कसरी स्थानीय तहलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको उनले उल्लेख गरे । सबै क्षेत्रको विकास जनसङ्ख्या र भूगोलका आधारमा हुनुपर्ने उनको भनाइ थियो ।
मानव सूचकाङ्कको आधारमा विकासको बजेट छुट्याउनुपर्ने भन्दै मन्त्री यादवले सङ्घ र स्थानीय सरकारका बीचमा भएका अफ्ठ्यारा तथा कानुनी अवरोध हटाएर अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा सङ्घका अध्यक्ष भीम ढुङ्गानाले सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय र सहकार्य भएमा विकास निर्माणमा प्रभावकारीरुपमा काम हुने बताए । सङ्घ सरकारले स्थानीय तहलाई दिनुपर्ने अधिकार चाँडो भन्दा चाँडो दिनुपर्ने भन्दै स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउन अब ढिलो गर्न नहुने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण