आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विद्यार्थीलाई अनावश्यक पोसाक किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी

शुक्रबार, ०६ पुस २०८०, १० : ०९
शुक्रबार, ०६ पुस २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर मातहतमा सञ्चालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

आज एक सूचना जारी गर्दै महानगरले तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न  विद्यालयलाई अनुरोध गरेको छ ।  

कोही कसैले  परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय गरिने चेतावनी समेत महानगरले दिएको छ । 

ktm

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप