वेस्ट इन्डिजले जित्यो इङ्गल्यान्डविरुद्धको टी–२० शृङ्खला
काठमाडौँ । इङ्गल्यान्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला वेस्ट इन्डिजले जितेको छ । पाँचौँ तथा अन्तिम खेलमा घरेलु टोली वेस्ट इन्डिजले इङ्गल्यान्डलाई चार विकेटले हराउँदै शृङ्खला ३—२ ले जितेको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको इङ्गल्यान्डले १९.३ ओभरमा अलआउट हुनुअघि एक सय ३२ रन बनाएको थियो । इङ्गल्यान्डका लागि ओपनर फिल साल्टले ३८ रन बनाए । लियाम लिभिङस्टोनले २८ र मोइन अलीले २३ रन जोडे ।
वेस्ट इन्डिजका बलर गुडाकेस मोटीले तीन विकेट लिए । जासन होल्डर, अकेल होसैन र आन्द्रे रसेलले पनि दुई–दुई विकेट हात पारे । जवाफी ब्याटिङमा ओर्लिएको वेस्ट इन्डिजले १९.२ ओभरमा ६ विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो ।
वेस्ट इन्डिजका लागि साई होपले अविजित ४३ रनको योगदान गरे । सेरफन रुथरफोर्डले पनि ३० रन बनाए । ओपनर जोन्सन चार्लिसले २७ रन जोडे । इङ्गल्यान्डका बलर रिसे टपली र अदिल रसिदले दुई–दुई विकेट हात पारे । वेस्ट इन्डिजका गुडाकेस मोटी प्लेयर अफ दी म्याच र इङ्गल्यान्डका फिल साल्ट प्लेयर अफ दी सिरिज घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण