वेस्ट इन्डिजले जित्यो इङ्गल्यान्डविरुद्धको टी–२० शृङ्खला

काठमाडौँ । इङ्गल्यान्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला वेस्ट इन्डिजले जितेको छ । पाँचौँ तथा अन्तिम खेलमा घरेलु टोली वेस्ट इन्डिजले इङ्गल्यान्डलाई चार विकेटले हराउँदै शृङ्खला ३—२ ले जितेको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको इङ्गल्यान्डले १९.३ ओभरमा अलआउट हुनुअघि एक सय ३२ रन बनाएको थियो । इङ्गल्यान्डका लागि ओपनर फिल साल्टले ३८ रन बनाए । लियाम लिभिङस्टोनले २८ र मोइन अलीले २३ रन जोडे ।
वेस्ट इन्डिजका बलर गुडाकेस मोटीले तीन विकेट लिए । जासन होल्डर, अकेल होसैन र आन्द्रे रसेलले पनि दुई–दुई विकेट हात पारे । जवाफी ब्याटिङमा ओर्लिएको वेस्ट इन्डिजले १९.२ ओभरमा ६ विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो ।
वेस्ट इन्डिजका लागि साई होपले अविजित ४३ रनको योगदान गरे । सेरफन रुथरफोर्डले पनि ३० रन बनाए । ओपनर जोन्सन चार्लिसले २७ रन जोडे । इङ्गल्यान्डका बलर रिसे टपली र अदिल रसिदले दुई–दुई विकेट हात पारे । वेस्ट इन्डिजका गुडाकेस मोटी प्लेयर अफ दी म्याच र इङ्गल्यान्डका फिल साल्ट प्लेयर अफ दी सिरिज घोषित भए ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
-
मेस्सीको गोलले इन्टर मियामीलाई पोर्टोमाथि जित
-
दुई भुक्तानी सेवा प्रदायकको अनुमति पत्र खारेज
-
तेल अवीवस्थित नर्वेको राजदूत निवासमा विस्फोट
-
इरान–इजरायल तनावबारे ट्रम्पलाई तीन दिनसम्म सुरक्षा जानकारी लिने
-
शिला राईको ‘उहिलेको माया’ सार्वजनिक