सीप बिल्डिङमा फेल भएकालाई फाराम भर्न दिने विषयमा छलफल हुँदै
काठमाडौँ । सीप बिल्डिङमा फेल भएकाहरूलाई ईपीएस काेरियाका लागि फाराम भर्न दिने विषयमा छलफल सुरु भएको छ। उच्च अदालत पाटनकाे आदेशपछि उनीहरूलाई फाराम भर्न दिने विषयमा ईपीएस कोरिया शाखाले छलफल थालेको हो।
कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीले अदालतको आदेश पाएपछि उनीहरूलाई फाराम भर्न दिने विषयमा एचआरडी काेरियासँग छलफल गरिने बताए।
हालै खुलेकाे उत्पादनमूलक क्षेत्रका लागि यसअघि सीप विल्डिङकाे परीक्षामा आवेदन दिएर फेल भएकाहरूले सहभागी हुन नपाउने भन्ने थियो। त्यसकाे विराेधमा उनीहरू विरोध प्रदर्शन गर्नुका साथै उच्च अदालतमा मुद्दा दायर गरेका थिए। बिहीबार उच्च अदालतले उनीहरूलाई पनि आवेदन फाराम भर्न दिन आदेश दिएको थियो।
उत्पादनमूलक क्षेत्रका लागि फाराम भर्ने म्याद आज राति १२ बजेसम्म मात्र छ। हिजो मात्रै अदालतको आदेश आएपछि अब कसरी उनीहरूलाई फाराम भर्न दिने विषयमा छलफल गरिने निर्देशक सुवेदीले बताए।
´अदालतको आदेश हात परेपछि छलफल गर्छाैँ। यसमा पछि उनीहरूलाई मात्रै भर्न दिने गरि आवेदन खुला गर्न सकिन्छ । त्यसमा छलफल गरेर निर्णय गर्छाै,` सुवेदीले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण