सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

खुला विश्वविद्यालयबाट 'ल' पास गरेकालाई अधिवक्ताको लाइसेन्स परीक्षामा समावेश गराउन सर्वोच्चको आदेश

शुक्रबार, ०६ पुस २०८०, १८ : १६
शुक्रबार, ०६ पुस २०८०

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट ल पास गरेकालाई अधिवक्ताको लाइसेन्स परीक्षामा समावेश गराउन आदेश दिएको छ । शुक्रबार सर्वोच्चको संवैधानिक इजलासले खुला विश्वविद्यालयबाट ल पास गरेका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सामेल गराउन अन्तरिम आदेश जारी गरेको हो । 

दरखास्त लिई विद्यार्थीहरुलाई समेत परीक्षामा भाग लिन दिनु भनी सर्वोच्चले नेपाल कानून व्यवसायी परिषदको नाममा आदेश दिएको छ । 

"नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ बमोजिम स्थापित विश्वविद्यालयबाट सञ्चालित शैक्षिक कार्यक्रम बमोजिम उपाधि प्राप्त व्यक्तिहरूलाई नेपाल कानून व्यवसायी परिषद् (कानूनी शिक्षा) नियमावली, २०७७ जारी (२०७७।१२।०१) हुनुभन्दा अगाडिदेखि नै कानूनको स्नातकतहको अध्ययन कार्यमा संलग्न रही उपाधि हासिल गरेको व्यक्तिहरूको हकहितमा प्रतिकूल असर पर्ने गरी नियममा अन्यथा सर्तहरू राखी अधिवक्ताको व्यवसायी परीक्षामा सामेल हुन दिनबाट बञ्चित गर्नु मनासिब देखिएन," सर्वोच्चले भनेको छ ।

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप